९ श्रावण २०८१, बुधबार July 24, 2024

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा रावल नियुक्त

२७ पुष २०७९, बुधबार
सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा रावल नियुक्त

कैलाली । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा राजेन्द्र सिंह रावल नियुक्त भएका छन् । २९ सांसदको समर्थन सहित बुधवार साँझ दाबी पेश गरे सँगै प्रदेश प्रमुख देवराज जोशीले रावललाई सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
रावलले एमालेसँगै माओवादी केन्द्र र नागरिक उन्मुक्ति र राप्रपा गरी २९ सांसदको समर्थन सहित मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । ५३ सदस्यीय प्रदेश सभामा सरकार बनाउँन २७ संसद आवश्यक पर्छ । जसमा मुख्यमन्त्री रावलले एमालेका १०, माओवादी केन्द्रका ११ र नागरिक उन्मुक्ति पार्टीका ७ र राप्रपा १ सांसद गरी २९ जनाको सहमतिमा मुख्यमन्त्रीमा रावल नियुक्त भएका हुन् ।
२९ सांसद सहित रावलले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गरे लगत्तै प्रदेश प्रमुख जोशीले रावललाई मुख्यमन्त्रीको प्रमाण पत्र प्रदान गरेका छन् । भने अव रावलले प्रदेश सभामा विश्वासको मत प्राप्त गर्नु पर्ने छ ।
केन्द्रमा सुदूरपश्चिम सरकारको नेतृत्व एमाले र माओवादीले पालो पालो गर्ने सहमति भएको थियो । सोही सहमति अनुसार एमालेले मुख्यमन्त्री दाबी गर्दा सभामुख माओवादीको भाग परेको छ ।
मओवादीको भागमा परेको सभामुखमा भिम बहादुर भण्डारीले उम्मेदवारी दर्ता गरी सकेका छन । र नेपाली कांग्रेसबाट पनि सभामुखमा मान बहादुर रावलले पनि उम्मेदवारी दर्ता गरेका छन् ।