१३ बैशाख २०८२, शनिबार April 26, 2025

पाँच वर्षमा प्रदेशको आधारशिला तयार गरेका छौँ : मुख्यमन्त्री भट्ट

२६ पुष २०७९, मंगलवार
पाँच वर्षमा प्रदेशको आधारशिला तयार गरेका छौँ : मुख्यमन्त्री भट्ट

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट प्रदेशको आधारशिला तयार गरेको बताएका छन् ।
मंगलबार धनगढीमा प्रदेश सरकारको प्रथम कार्यकालबारे जानकारी दिदैँ मुख्यमन्त्री भट्टले आफ्नो पाँच वर्षे कार्यकालमा प्रदेशको आधारशिला तयार गरेको बताए । उनले पाँच वर्षमा विभिन्न ऐन कानून निर्माण लगायत भौतिक तथा प्रशासनिक क्षेत्र तर्फ पनि परिणाममुखी काम गरेको बताए ।
‘हामीले सपथ लिएर आउँदा खेरि सुरुवाती चरणमा हामीसंग भौतिक संरचनाको अभाव, कर्मचारी तथा कार्यालय व्यवस्थापन, कानून र अनुभव यी सबै कुराहरुको अभावका बीच हामी अगाडी बढ्यो’, मुख्य मन्त्री भट्टले भने–‘र यो दौरानमा पहिलो क्याविनेट जो मेरो नेतृत्वमा बनेको थियो, हामीले सबै समस्याका बावजुद पनि काम अगाडी बढायो र एउटा आधारशिला तयार गरेका छौँ । पाँच वर्षको दौरानमा परिणामुखी पनि काम गरेका छौं ।’
मुख्यमन्त्री भट्टले पाँच वर्षको दौरान आफूहरुले भोलिका लागि कैयौं आधारहरु पनि तयार गरेको दाबी गरे । यसका साथै उलने अबको पाँच वर्षपछि सुदूरपश्चिम प्रदेशलाई कसरी लिएर अघि जाने भन्ने खाका पनि तयार गरेको बताए ।
कार्यक्रममा मुख्यमन्त्री भट्टले आफ्नो पाँच वर्षे कार्यकाल सफल रहेको र आफू सन्तुष्ट पनि रहेको बताए । कर्मचारीको अभावका बिच थुप्रै काम भएको दाबी गर्दै उनले आफ्नो कार्यकालमा सङ्घीयताको जग बसाल्ने काम पनि भएको बताए ।
‘हामीले संघीयताको जग बसाल्ने काम गर्‍ यौँ’, मुख्यमन्त्री भट्टले भने–‘त्यसैमा टेकेर आगामी सरकारले धेरै काम गर्न सक्छ ।’
आफ्नो कार्यकालमा उनले भौतिक पूर्वाधार देखि शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र ऊर्जालाई प्राथमिकता दिएर उलेख्यनीउ कार्य गरेको पनि बताए । सोही कार्यक्रम बिच पाँच वर्षमा भए गरेका विभिन्न उपलब्धि पनि सार्वजनिक गरिएको थियो ।
जिल्ला सदरमुकाम सम्म पनि सडक पुग्न नसकेको अवस्थामा पूर्वाधार विकास, सडक तथा पुल तर्फ अहिले ४ सय किलोमिटर भन्दा बढी सडक कालोपत्रे निर्माण भएको जनाइएको छ । त्यसैगरि ७६९.२१ किमि ग्राभेल सडक, १ हजार ३२३.०३ किमि माटे सडक निर्माण सम्पन्न भएको जानकारी दिइएको छ ।
आव २०७८/०७९ मा थप २२ वटा सडक निर्माण आयोजनाहरुको बहुवर्षीय स्रोत सुनिश्चितता भई निर्माण प्रक्रियामा गएका र जसबाट अपेक्षित उपलब्धि करिब १८.२ किमि नयाँ ट्रयाक, १४५.०८ किमि कालोपत्रे पक्की सडक, १६१ किमि ग्राभेल सडक गरि कुल ३२४.२८ किमि थप नयाँ सडक निर्माण तथा स्तरोन्नति हुने जनाइएको छ ।
प्रदेश अन्र्तगतका विभिन्न जिल्लाका सडक सञ्जालमा २२ वटा सडक पुल निर्माण, ५२ वटा मोटर पुल क्रमागत निर्माणाधिन र ६७ वटा सडक पुल २०७९/८० को वार्षिक कार्यक्रममा प्रस्तावित रहेको जनाइएको छ ।
उर्जा, जलस्रोत तथा सिँचाई तर्फ १ हजार ९०१ किमि पक्की कुलो निर्माण, २८५ किमि कच्ची कुलो निर्माण, १ हजार ७६३ डिप ट्युबेल र स्यालो ट्युबेल निर्माण भई १२ हजार ९४५ हेक्टर क्षेत्रफलमा सिँचाई सुविधा पुगेको र १० हजार ५२७ हेक्टर क्षेत्रफलमा मर्मत संभार पुनः निर्माणबाट सिँचाई सुविधा पुगेको जनाइएको छ ।
शिक्षा तर्फ विद्यालयको पुर्वाधार विकास र सुधार अन्र्तगत आव २०७४/७५ देखि आव २०७८/७९ म्मि प्रदेश भित्रका सामुदायिक विद्यालयहरुमा १ हजार ९९२ वटा कक्षा कोठा थप भई ८० हजार बालबालिका प्रत्यक्ष रुपमा लाभान्वित भएका जनाइएको छ । यसका अतिरिक्त विद्यालयमा छात्रा शौचालय, घेरा पर्खाल निर्माण एवं खेलमैदानको स्तरोन्नती भएको जनाइएको छ । त्यसैगरि आव २०७८/०७९ मा १९३ वटा विद्यालय भवन निर्माण, १९ छात्राबास भवन निर्माण, ३० वटा विज्ञान प्रयोगशाला, २४५ वटा सूचना प्रविधी प्रयोगशाला र १० वटा पुस्तकालयको स्थापना भएको जनाइएको छ ।
स्वास्थ्य क्षेत्र तर्फ ९ वटै जिल्लाका ८८ वटै स्थानीय तहहरुसंग स्वाथ्य कार्यालय मार्फत समन्वय र सहकार्य गरि १२३ वटा प्रसुति केन्द्र भवन, ६६ वटा सहरी स्वास्थ्य केन्द्र भवन र ६३ वटा सामुदायिक स्वास्थ्य इकाई भवन निर्माण भएका जनाइएको छ । साथै सेती प्रादेशिक अस्पताल र महाकाली प्रादेशिक अन्र्तगत रहने गरि १०० शैया, टीकापुर अस्पतालमा ६० शैया र जिल्ला अस्पतालहरुमा १० शैयाको कोरोना विशेष उपचार आइसोलेसन वार्ड निर्माण तथा संचालन भएका छन् ।
साथै ग्रामिण अल्ट्रासाउण्ड कार्यक्रम, स्वास्थ्य विमा कार्यक्रम, एम्बुलेन्स सेवा सञ्चालन, स्वास्थ्य क्षेत्र विपद व्यवस्थापन तथा कोभिड १९ रोकथाम र नियन्त्रण कार्यक्रम र औजार उपकरण खरिद, जडान संचालन भएका जनाइएको छ ।