२० माघ २०७९, शुक्रबार February 3, 2023

रेशमलगायतका बन्दी कानुनसम्मत ढंगले छुट्छन् : प्रधानमन्त्री प्रचण्ड

२६ पुष २०७९, मंगलवार
रेशमलगायतका बन्दी कानुनसम्मत ढंगले छुट्छन् : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रेशम चौधरीलगायतका बन्दीलाई सरकारले कानुनसम्मत छुटाउन पहल गर्ने बताएका छन् ।
मंगलबारको प्रतिनिधि सभा बैठकमा विश्वासको मतको प्रस्तावमाथिको छलफलमा सांसदहरुले उठाएको मागबारे सरकार र संसद्ले गम्भीरतापूर्वक लिएको भन्दै रेशम चौधरी लगायतका बन्दीलाई न्याय दिनुपर्छ भन्नेमा आफू रहेको बताए ।
उनले पछिल्लो समय सरकारले गरेको सहमतिका आधारमा अध्यादेशमार्फत छुटाउने प्रयास भएपनि अव सदन नै भइसकेकोले सोहीमार्फत समस्या समाधान गरिने बताए ।