२ असार २०८१, शनिबार June 15, 2024

जिसस कैलालीका प्रमुख पदम बहादुर कलेलको निधन

२३ पुष २०७९, शनिबार
जिसस कैलालीका प्रमुख पदम बहादुर कलेलको निधन

धनगढी, २३ पुस । जिल्ला समन्वय समिति कैलालीका प्रमुख पदम बहादुर कलेलको आज काठमाण्डौंमा निधन भएको छ ।
दुई साता अघि उपचारका लागि काठमाण्डौं गएका कलेलको उपचारका क्रममा आज दिउसो एक बजे बीर अस्पतालमा मृत्यु भएको हो ।
कलेजो र दुईटै मृगौला काम गर्न छोडेको कारण कलेलको मृत्यु भएको बताईएको छ । नेपाली काँग्रेसका तर्फबाट कैलाली जिल्ला समन्वय समितिको प्रमुखका रुपमा निर्बाचत भएका कलेल गौरीगंगा नगरपालिकाको मसुरीयाका स्थायी बासिन्दा हुन् ।