१६ मंसिर २०८०, शनिबार December 2, 2023

सुदूरपश्चिममा कांग्रेस संसदीय दलको नेता छनोट गर्न निर्वाचन हुँदै

२० पुष २०७९, बुधबार
सुदूरपश्चिममा कांग्रेस संसदीय दलको नेता छनोट गर्न निर्वाचन हुँदै

धनगढी । सुदूरपश्चिम प्रदेशसभा संसदीय दलको नेताका लागि सहमति नभएपछि निर्वाचन हुने भएको छ । दलको नेता चयनका लागि मंगलबार रातिसम्म आकांक्षी उम्मेदवारलाई समय सीमा दिइएको थियो ।

सहमति नजुटेपछि आज साँझ ४ बजे निर्वाचन हुन लागेको हो । सुदूरपश्चिम प्रदेशको संसदीय दलको नेताका लागि ७ जनाले दाबी गरेका छन् ।

दलको नेता हुनका लागि प्रदेश सदस्य शिवराज भट्ट, बहादुरसिंह थापा, मेघराज खड्का, प्रकाशबहादुर देउवा, कमलबहादुर शाह, दिवानसिंह बिष्ट र मानबहादुर रावलले दाबी प्रस्तुत गरेका हुन् ।