२९ फाल्गुन २०८२, शुक्रबार March 13, 2026

सामुदायिक वनका पदाधिकारीलाई लैङिकमैत्री अभिमुखीकरण

१९ कार्तिक २०८२, बुधबार
सामुदायिक वनका पदाधिकारीलाई लैङिकमैत्री अभिमुखीकरण

धनगढी, १९ कार्तिक । कैलाली जिल्लाको कैलारी गाउँपालिका अन्र्तगतका सामुदायिक वन उपभोक्ता समुहको नेतृत्व भूमिका रहेका महिला पदाधिकारीलाई लागि एक दिने लैङिकमैत्री कार्ययोजना सम्बन्धी अभिमुखीकरण दिइएको छ ।
डिसिएको आर्थिक सहयोग तथा दलित महिला अधिकार मञ्चद्वारा संचालित रेसिष्ट परियोजना अन्तर्गत गाउँपालिकाका २५ वटा सामुदायिक वन उपभोक्ता समितिका नेतृत्व भुमिकामा रहेका महिला पदाधिकारीलाई लैगिकमैत्री योजना निर्माणका लागि अभिमुखिकरण दिइएको हो ।
कैलारी गाउँपालिका उपाध्यक्ष भगवतीकुमारी चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उनले महिलाहरु कुनै नेतृत्वमा भएपछि दुवै तर्फको भुमिका निर्वाह गर्नुपर्ने बाध्यता रहेको बताइन् ।
एउटा महिला कुनै पदमा भएपछि कार्यालयका काम सकेर गृहिणीको सम्पूर्ण काम गर्नुपर्ने हुन्छ, उनले भनिन्, ‘पुरुष मान्छे त्यही पदमा हुँदा कार्यालयको काम सकेर घर आउदा सघाएको देखिन्न । महिलाहरु घरमै हिंसामा पर्छन । त्यति मात्र होइन कार्यक्षेत्रमा समेत हिंसामा परेको देखिन्छ ।
महिलाहरु अब सानातिना विषयलाई उठान गरी लैङिक तथा विपन्नमैत्री कार्ययोजना बनाउनुपर्ने र महिलाहरु नेतृत्व तहमा आउन एक अर्कालाई सघाउनु पर्ने जरुरी रहेको उनले बताइन् ।
सामुदायिक वनमा आम्दानी भएको रकम केही प्रतिशत रकम समुदायका महिला, दलित, विपन्न तथा सिमान्तकृत वर्गमा बजेट लगानी गर्नका लागि योजना तयार गर्ने, गर्ने, बजेट विनियोजन तथा कार्यान्वयन गर्नका लागि क्षमता विकास गर्नुपर्न कार्यक्रमको उद्देश्य रहेको छ ।
त्यसैगरी सामुदायिक वन उपभोत्ता समूहको विधान कार्ययोजना यस्तो छ लोङिक, दलित, विपन्न तथा सिमान्तकृत वर्गको लागि बजेट योजना बनाएको छ÷छैन आगामी दिनमा कार्ययोजनामा समावेश गर्नका लागि समूहका पदाधिकारीलाई अभिमुखिकरण गरिएको थियो ।
कार्यक्रमको सहजीकरण डिसिएका कार्यक्रम व्यवस्थापक सूर्य कुमारी विश्वकर्माले गरेकी थिइन् । उनले सामुदायिक बनको विधान तथा कार्ययोजना राम्रो बनेको छ र सो अनुसार लैङिकता तथा विपन्न बर्गको क्षेत्रमा आगामी कार्ययोजना तथा बजेट निर्माण गरियोस भनि सुझाव दिएकी थिइन् ।
सामुदायिक वनका पदाधिकारीहरुले पनि आफ्नो राय र विचारका अनुसार केही काम गरीरहेको र केही काम आगामी दिनमा लैङिक तथा विपन्नमैत्री योजना तथा बजेट निर्माण गरि कार्यान्वयन गर्ने प्रतिवद्धता जनाएका छन ।
कार्यक्रमको संचालन निलु चौधरी र स्वागत मन्तव्य दलित महिला अधिकार मञ्चका कार्यक्रम अधिकृत मिन बहादुर हुडकेले गरेका थिए ।