५ बैशाख २०८३, शनिबार April 18, 2026

आपतकालिन गोदामघर हस्तातन्तरण

२७ फाल्गुन २०८१, मंगलवार
आपतकालिन गोदामघर हस्तातन्तरण

धनगढी, २७ फागुन । गृहमन्त्री रमेश लेखकले कैलालीस्थित प्रादेशिक आपतकालिन गोदामघर प्रदेश सरकारलाई हस्तान्तरण गरेका छन् ।
धनगढी उपमहानगरपालिका १३ धनगढी विमानस्थलमारहेको आपतकालिन गोदाम घर सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहलाई हस्तान्तरण गरेका हुन् ।
आपतकालिन गोदामघर हस्तान्तरण कार्यक्रममा बोल्दै गृहमन्त्री लेखक भने–‘सात प्रदेश मध्ये ६ प्रदेशको आपतकालिन गोदामघर रहेको तर केहि आवश्यक सामाग्री झिक्न प्राधिकरण अनुमति चाहिने भएकाले प्रदेश सरकारलाई नै हस्तान्तरण गरीएको हो ।’
काठमाडौंमा रहेको आपतकालिन गोदामघरलाई केन्द्रीय आपतकालिन गोदामघरको रुपमा विकास गर्ने र विदेशबाट समेत सामाग्री मगाउनु् पर्ने, वैदेशिक सहयोग तथा खरिद गरेर प्रदेशका आपतकालिन गोदामघरलाई वितरण गरिने समेत उनले बताए ।


कार्यविधिसँगै आवश्यक मापदण्ड बनाएर प्रदेशलाई हस्तान्तरण गरिएको आपतकालिन गोदामघरको रेखदेख प्रदेश सरकारले गर्नुपर्ने र विपदको समयमा सुरक्षा निकायलाई प्रदेश सरकारसँग समन्वयमा काम गर्न निर्देशन समेत दिए ।
त्यसैगरी, प्रदेशमा रहेका आपतकालिन गोदामघरमा विपद्को समयमा आवश्यक पर्ने त्रिपाल, कम्बल सँगै खाद्यान्न औषधि लगायतका सामाग्री उपलब्ध हुने समेत गृहमन्त्री लेखकले बताए ।