५ बैशाख २०८३, शनिबार April 18, 2026

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघ कैलालीे अध्यक्षमा नेगी

१७ फाल्गुन २०८१, शनिबार
नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघ कैलालीे अध्यक्षमा नेगी

धनगढी, १७ फागुन । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघ कैलालीको अध्यक्षमा नर बहादुर नेगी निर्वाचित भएका छन । धनगढीमा आज सम्पन्न संघको १६ औं वार्षिक साधारण सभा तथा ८ आठौं अधिवेशनले अध्यक्ष नेगी सहित सम्पुर्ण कार्य समिति निर्बिरोध चयन गरेको छ ।

यसैगरि संघको बरिष्ठ उपाध्यक्षमा निम प्रसाद मिश्र, उपाध्यक्षमा बिबेकानन्द ठाकुर, सचिवमा कृष्ण प्रसाद पण्डित र कोषाध्यक्षमा घनश्याम ओझा निर्बिरोध चयन भएका छन ।

त्यस्तै संघको सदस्यहरुमा बासुदेव रेग्मी, गौबिन्द प्रसाद अवस्थि, अनिल झा, इशु आचार्य र पुष्पा ऐरी निर्वाचित भएको निर्वाचन अधिकृत मोहन भण्डारीले बताए ।

यस अघि निबर्तमान अध्यक्ष भिम पडालको अध्यक्षतामा भएको संघको साधारण सभाको सुदुरपश्चिम प्रदेशका सामाजिक बिकास मन्त्री मेघराज खड्काले उद्घाटन गरेका थिए ।