५ बैशाख २०८३, शनिबार April 18, 2026

हकअधिकारका लागि एकजुट हुन जरुरी

८ पुष २०८१, सोमबार
हकअधिकारका लागि एकजुट हुन जरुरी

धनगढी, ८ पुस । राज्यसँग आफ्ना हक अधिकार सुनिश्चितताका लागि आदिवासी जनजाति समुदाय एकजुट भएर लाग्नु पर्ने जोड दिएको छ ।
राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ(निफ)को आयोजनामा सोमबार धनगढीमा भएको एक कार्यक्रममा निफकी अध्यक्ष निमी सेर्पा आफ्ना हकअधिकार लागि आदिवासी जनजाति समुदाय एकजुट हुनुपर्ने बताएकी हुन् ।
राज्यले आदिवासी समुदायलाई भेदभाव गरेको, भाषा, कला संस्कृति, स्थान गुमाउनु परेकोले पनि आदिवासी समुदाय एकजुट भएर आफ्नो हक अधिकारका लागि एकजुट भएर लाग्नुपर्ने जोड दिएकी हुन् ।
उनले भनिन्, ‘राज्यले हामीलाई भेदभाव गरेको छ, हाम्रो भाषा, कला संस्कृति लोप हुनका साथै हामीले आफ्नो स्थान गुमाउनु परेको छ । यी सबैका लागि र हामीले आफ्ना हक अधिकार स्थापित गर्नका लागि एकजुट हुन जरुरी रहेको छ ।’


कार्यक्रममा अधिवक्ता जोहरीलाल चौधरी, नेपाल आदिवासी जनजाती महासंघ कञ्चनपुरकी अध्यक्ष प्रेमवती राना, थारु कल्याणकारिणी सभा कञ्चनपुरकी सभापति सानु चौधरी, नेपाल आदिवासी जनजाती महासंघ सुदूरपश्चिम प्रदेश अध्यक्ष दलबहादुर घर्तीमगर, धनगढी उपमहानगरपालिका नगर भल्मन्सा उपाध्यक्ष रामनारायण चौधरी, ओरेक नेपालकी जिल्ला संयोजक गीता चौधरी, थारु कल्याणकारिणी सभा कैलालीका निवर्तमान उपसभापति माधव चौधरी, थारु अगुवा ठाकुर प्रसाद करियाप्रधान, नदेपाल रानाथारु समाजके केन्द्रीय अध्यक्ष कमलसिंह राना, राजु चौधरी ‘राज’, संचारकर्मी उन्नती चौधरी लगायत धारणा राखेका थिए ।
राष्ट्रिय आदिवासी जनजाती महिला महासंघकी कार्यकारी निर्देशक इन्दु थारुले महिला विरुद्धको विभेदको अन्त्य सम्बन्धी समिति आदिवासी जनजाती महिला तथा किशोरीको अधिकार सम्बन्धी आधारभूत सिफारिस (सिडा ३९ जिआर) बारे प्रस्तुतीकरण गरेकी थिइन् ।