१५ बैशाख २०८३, मंगलवार April 28, 2026

त्रिनगरमा अध्ययनरत विद्यार्थीद्वारा रक्तदान

५ पुष २०८१, शुक्रबार
त्रिनगरमा अध्ययनरत विद्यार्थीद्वारा रक्तदान

धनगढी, ५ पुस । कैलालीमा पछिल्लो समय बिरामीका लागि आवश्यक पर्ने रगत तथा रक्ततत्वको कमि हुदै गएपछि विद्यार्थीहरुले रक्तदान कार्यक्रमको आयोजना गरेका छन् ।
धनगढीस्थित त्रिनगर माध्यामिक विद्यालयमा आमसंचार बिषयमा अध्ययनरत विद्यार्थीहरुले पहिलोपटक रक्तदान कार्यक्रमको आयोजना गर्दै २१ पिन्ट रगत संकलन गरेका छन् ।
शुक्रबार विद्यालय परिसरमा आयोजना गरिएको रक्तदान कार्यक्रममा २१ जना विद्याथीहरुले रक्तदान गरेको रक्तदान कार्यक्रम संयोजन कबिता सार्कीले बताइन् ।

प्रदेशमै सबैभन्दा बढीपटक रक्तदान गरेका स्वयमसेवी रक्तदाता दीपक उपाध्यायले विद्यार्थीहरुसंगको अन्तरकरक्रिया पछि विद्यार्थीहरु रगत दिन तयार भएको आम संचार बिषयका प्राध्यापक टेकेन्द्र देउवाले बताए ।
रक्तदान गर्दाका फाइदा र यसको महत्वको बारेमा रक्तसंचार केन्द्र धनगढीका प्रमुख धरणी पन्तले विद्यार्थीहरुलाई जानकारी गराएका थिए ।
रक्तदान कार्यक्रममा बोल्दै त्रिनगर माबिका प्राचार्य भुपाल खडकाले विद्यार्थीहरुको रक्तदान कार्यप्रति प्रशंसा व्यक्त गर्दै आगामी दिनमा पनि रक्तदान कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरे ।