धनगढी, १७ धनगढी । डाईमण्ड कटेजले सुविधा सपन्न सहितको आफ्नो शाखा विस्तार गरेको छ ।
कटेजले धनगढी उपमहानगरपालिका वडा नम्बर ८ धनगढी गाउँमा सुविधा सम्पन्न सहितको शाखा विस्तार गरेको हो । धनगढी तारानगरमा सञ्चालित कटेजले लजिङ फुडिङ सहित शाखा विस्तार गरेको हो ।
कटेजका सञ्चालक हिरा चौधरीका बुवा दुर्गा चौधरी र ससुराबा खुशीराम चौधरीले आज बिहीबार घटस्थापनाको दिन संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
डाइमण्ड कटेजमा ग्राहकहरुका लागि खाना र बस्नका लागि राम्रो व्यवस्था रहेको सञ्चालक चौधरीले बताए । उनले बस्नका लागि अटेच बाथरुम एसी सहितको ७ कोठा र १३ सयदेखि १८ सयसम्म मुल्य निर्धारण गरेको बताए ।

सञ्चालक चौधरीले भने, ‘ग्राहकहरुको सन्ुतष्टी नै हाम्रो लागि ठुलो कुरो हो । एकान्त वातावरणमा रहेको कटेजमा बस्नका एकदमै राम्रो रहेको छ । त्यसका लागि हामीहरुले सकेसम्म व्यवस्था मिलाएका छौं । ग्राहकहरुको आवश्यकता अनुसार थप सेवा विस्तार गर्ने सोच रहेको छ ।’

शान्त ठाउँमा स्थापना भएको होटलमा परिवारिक वातावरण रहेकोले परिवार सहित बास बस्न सक्ने व्यवस्था रहेको उनले बताए ।
धनगढी गाउँ देखि पूर्व पूरुव घुइयाघाट जाने बाटोमा रहेको होटलमा थारु समुदायको संस्कृतिलाई जोगाउँदै थारु खानालाई विशेष महत्व दिदैँ लोकल मुर्गा, माछा, सेकुवाको व्यवस्था रहेको सञ्चालक चौधरीले बताए । यो शाखा पौने दुई करोड लगानीमा स्थापना गरेको उनले बताए ।