हसुलिया, २४ पुस । कैलारी गाउँपालिकाको हिउँदे अधिवेशन सुरु भएको छ ।
आर्थिक वर्ष २०८०/०८१ सालको गाउँसभा अधिवेशन (हिउँदे÷विद्ययेक) अधिवेशन मंगलबार देखि सुरु भएको हो ।

गाउँपालिका अध्यक्ष राजसमझ चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा हिउँदे÷विद्येयक अधिवेशन सुरु भएको जानकारी गराउँदै दिवंगत भएका वडा नम्बर ८ का वडा सदस्य माघुराम चौधरी र वडा नम्बर ९ मा कार्यरत असिस्टेन्ट सह इन्जिनिर विशेष चौधरीको असमायिक निधनप्रति शोक प्रस्ताव पेश गरिएको छ । सोही बिच अध्यक्ष चौधरीले विद्येयक समितिलाई विद्येयक तयारीका लागि निर्देशन पनि दिएका थिए ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष भगवतीकुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत विरबहादुर ऐर, वडा नम्बर १ देखि ९ का वडा अध्यक्ष, कार्यपालिका सदस्य, विभिन्न शाखाका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।