बर्दिया, १३ मंसिर । इलाका प्रहरी कार्यालय राजापुर बर्दियालाई युनिक नेपाल लघुबित्त बित्तीय संस्था लि केन्द्रीय कार्यालय कोहलपुर बाँकले इलेक्ट्रिक वाटर फिल्टर तथा डिस्पेन्सर सहयोग गरेको छ।
युनिक नेपाल लघुबित्त बित्तीय संस्था लि ले एक संक्षिप्त कार्यक्रमका बीच इलाका प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) होमप्रकाश चौधरीलाई वाटर फिल्टर हस्तान्तरण गरिएको हो । युनिक युनिक नेपाल लघुबित्त बित्तीय संस्था लि ले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत सेवाग्राही तथा प्रहरी कर्मचारीलाई चिसो र शुद्ध पिउने पानी सहज होस भन्ने उद्देश्यले इलाका प्रहरी कार्यालय, राजापुरलाई इलेक्ट्रिक वाटर फिल्टर डिस्पेन्सर हस्तान्तरण गरिएको हो ।

सहयोग हस्तान्तरण कार्यक्रममा पुर्व मन्त्री तथा युनिक नेपाल लघुबित्त बित्तीय संस्था लि का निवर्तमान कार्यकारी निर्देशक डाक्टर गोपाल दहित, युनिक नेपाल लघुबित्त बित्तीय संस्था लि का संचालक समिति सदस्यहरु जागेश्वर प्रसाद चौधरी, बालिका चौधरी त्यसै गरी नेपाल लघुबित्त बित्तीय संस्था लि. का कायम मुकायम कार्यकारी निर्देशक हिरा बहादुर आले, कर्जा बिभाग प्रमुख मदन चौधरी, समाजसेवी जानकी दहित, युनिक नेपाल कार्यसमिति सदस्य राधा चौधरी लगायतको उपस्थिति रहेको थियो।