२०८३ मंसिर १३ November 29, 2026

मन्झरा जोड्ने कटैनी नदिमा पक्की पुलको शिलान्यास

२०८३ मंसिर १२, शनिबार २०:२४
मन्झरा जोड्ने कटैनी नदिमा पक्की पुलको शिलान्यास

धनगढी, १२ मगहन । कैलालीको कैलारी गाउँपालिका वडा नम्बर १ मन्झरा स्थित कटैनी नदिमा निर्माण हुन लागेको मोटरेवल पक्की पुलके शिलान्यास गरिएको छ ।
२०८५ साल असार १५ गते भित्र सम्पन्न गर्ने गरि उक्त पुलको शनिबार एक कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष राजसमmभ चौधरी पुलको शिलान्यास गरेका हुन् । केन्द्रीय समपुरक अनुदानबाट निर्माण हुन लागेको उक्त पुलको सम्झौता रकम १० करोड २९ लाख १४ हजार ४९७ रुपैया रहेको छ । स्वाँर उमा इन्फ्र जेभी धनगढी कैलालीले २०८३ असार १९ गते सम्झौता गरि निर्माण कार्य अघि बढाएको हो । पुलको लम्बाई ८२. ५० मिटर रहेको छ ।


पुल निमार्ण पश्चात गाउँपालिकाको मुख्य धार्मिक पर्यटकीय स्थल बनदेवी मन्दिर, लगायत उत्तरमन्झरा, दख्खिन मन्झरा, रामपुरलगायत कटैनी पारि रहेको बस्तीलाई जोड्ने छ ।
पुल शिलान्यास कार्यक्रममे गाउँपालिका उपाध्यक्ष भगवतीकुमारी चौधरी, वडा नम्बर १ के अध्यक्ष धोज हरिपाल बोहरा, वडा नम्बर २ के वडा अध्यक्ष विकास चौधरी, प्रमुख प्रशासकीय अधिकृत दलबहादुर धामी, सामाजिक विकास समिति प्रमुख यगम कलेल, निर्माणकर्ता लालबहादुर बम, लगायत विभिन्न शाखाका प्रमुख, स्थानीयहरुको सहभागिता रहेको थियो ।