४ बैशाख २०८३, शुक्रबार April 17, 2026

नेकपा कैलालीद्वारा उम्मेदवारहरुको नामावली सिफारिस

१३ पुष २०८२, आईतवार
नेकपा कैलालीद्वारा उम्मेदवारहरुको नामावली सिफारिस

धनगढी, १३ पुस । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) कैलालीले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि प्रतिनीधि सभा सदस्य प्रत्यक्ष तथा समानुुुपातिक तर्फका उम्मेदवारहरुको नामावली सिफारिस गरेको छ ।
जिल्ला कार्यदलका जेष्ठ सदस्य कुष्णराज सुवेदीको अध्यक्षतामा बसेको बैठकले कैलालीको ५ वटै निर्वाचन क्षेत्रबाट प्रतिनीधि सभा सदस्य प्रत्यक्ष तर्फ ४२ जना र समानुपातिक तर्फ ४० जनाको नाम सिफारिस गरेको हो ।
नेकपाले कैलाली क्षेत्र नम्बर १ बाट प्रत्यक्ष तर्फ हरि ज्ञवाली, भैरब रावल, सुरेन्द्र देवकर, प्रेम साँउद, बालकृष्ण चौधरी, ललित थापा, तपेन्द्र शाह (युवा) र महिला तर्फ सरस्वती शाह सहित ८ जनाको नाम सिफारिस गरेको छ ।
क्षेत्र नम्बर २ बाट डा. भीम बहादुर रावल, लाल बहादुर सोडारी, कर्ण प्रसाद जैशी, नन्द बहादुर साँउद, शिवराज संज्याल (नव युवा र बसन्ती डंगौरा (महिल÷थारु) सहित ६ जनाको नाम सिफारिस गरेको छ ।
त्यसैगरि निर्वाचन क्षेत्र नम्बर ३ बाट बिरमान चौधरी, विनिता चौधरी (महिला÷ थारु), लाजुराम चौधरी(अंकित), विपिन आचार्य, प्रकाश मिश्र, कमल प्रसाद चौधरी चन्द्र बोहरा र विरेन्द्र जिसी (युवा) सहित ८ जनाको नाम सिफरिस गरेको छ ।
त्यसैगरि निर्वाचन क्षेत्र नम्बर ४ बाट सिफारिस हुनेहरुमा दिर्घ सोडारी, कृष्णराज सुवेदी, हरिराम चौधरी (उत्सव), मिनराज बडु, लक्ष्मण कुँवर, लक्षीराम आचार्य, उद्धव भट्टराई, बम बहादुर विक(युवा) र चुनकुमारी चौधरी (महिला÷थारु) सहित ९ जनालाई सिफारिस गरेको जनाएको छ ।
निर्वाचन क्षेत्र नम्बर ५ बाट डा. भीब बहादुर रावल, भानुभक्त जोशी, त्रिलोचन भट्ट, ओमप्रकाश पुन, प्रेम बिसी, नर बहादुर शाह, डिएल भण्डारी, सुरेन्द्र यादव, सुशिला बुढाथोकी (महिला), लक्ष्मी चौधरी विनाडी र मनोज पुन मगर (युवा) सहित ११ जनाको नामावली सिफारिस गरेको छ ।
त्यसैगरि समानुपातिक तर्फ हनुमान चौधरी, शिव कमाुर कठरिया, राधिका चौधरी, बिन्द्रा चौधरी, रेजिना चौधरी, हर्क सिंह प्रपाला (हरिस), गणेश विक सहित ४० जनाको नाम सिफारिस गरेको छ ।