४ बैशाख २०८३, शुक्रबार April 17, 2026

अधिवक्ता जोहारीलाल चौधरीको निधन

६ पुष २०८२, आईतवार
अधिवक्ता जोहारीलाल चौधरीको निधन

धनगढी, ६ पुस । अधिवक्ता जोहारीलाल चौधरीको निधन भएको छ ।
अधिवक्ता चौधरीको पुस ५ गते साँझ निधन भएको हो । अधिवक्ता चौधरीको निधनसँगै थारु समुदाय एक विद्वान अधिवक्ता, कानूनविद्, बौद्धिक व्यक्तित्व, विश्लेषक, समाजसेवी एवं बुद्धिजीवी गुमाएको छ ।
स्वर्गीय चौधरी नेपाल बार एसोशिएसनका पूर्व केन्द्रिय उपाध्यक्ष, थारु कल्याणकारिणी सभा कैलालीका पूर्व कानूनी सल्लाहकार, हमार फाउण्डेशनका संस्थापक, पहुरा थारु दैनिकका कानूनी सल्लाहकार लगायत विभिन्न संघसंस्थाका कानूनी सल्लाहकार रहेका थिए ।
जानकी गाउँपालिका वडा नम्बर १ दुर्गौलीका स्वर्गीय चौधरीको आज पुस ६ गते आइतबार विहान १० बजे धनगढी उपमहानगरपालिका वडा नम्बर ८ शिक्षानगर टोल देखि पटेला घाटसम्म शवयात्रा सहित अन्त्येष्टि गरिने जनाएको छ ।