धनगढी, २६ मंसिर । कैलारी गाउँपालिकाका जनप्रतिनिधि तथा सामुदायिक वनका पदाधिकारीहरुलाई वन डढेलो नियन्त्रण तथा व्यवस्थापन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
दलित महिला अधिकार मञ्चद्वारा सञ्चालित सिढरा परियोजना अन्र्तगत दुरयोग निभारानको सहयोगमा कैलारी गाउँपालिकाको समन्वय तथा इआरआइ प्रालि काठमाण्डौको सहजीकरणमा स्थानीय तहका जनप्रतिनिधि र सामुदायिक वनका पदाधिकारीहरुलाई एक दिने वन डढेलो नियन्त्रण तथा व्यवस्थापन सम्बन्धी अभिमुखीकरण कार्यक्रम गरिएको हो ।
कैलारी गाउँपालिकाका वन तथा विपद व्यवस्थापन समितिका संयोजक ठागुराम चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष भगवतीकुमारी चौधरी प्रमुख अतिथि रहेकी थिइन् ।
कार्यक्रममो सम्बोधन गर्दै उनले जनचेतनाको कमीले वनजंगलमा आगो लगाउने गरेको बताइन् ।
वन जंगल जोगाउन सबै जनाको दायित्व रहेको बताउँदै उनले सबै उपभोक्ताहरु वनप्रति अप्नत्व हुन जरुरी रहेको बताइन् । कैलारी गाउँपालिका आगलागी विपदको क्षेत्रमा उच्च जोखिममा रहेको छ, उनले भनिन्, ‘तीन बर्ष पहिले वडा नम्बर ७ स्थित विपतपुर मुक्तकमैया बस्ती जलेर खरानी बनेको यर्थाथ हामीसामु छ । त्यो पाठ सिकाई भएको बताउदै गाउँपालिकाले डमकल पनि खरिद गरेका छ ।
वनजंगलमा डढेलो नियन्त्रणका लाग सामुदायिक वन, वडा कार्यालय, स्थानीय सरकार र सरोकारवाला निकायबाट समुदायमा चेतना फैलाउन जरुरी रहेको गाउँपालिका उपाध्यक्षले बताइन् ।
कार्यक्रममा इआरआईका प्रशिक्षक मदन बस्याल र आयूष गौतम बनमा लाग्ने डढेलो, वन डढेलोका प्रकार, आगी नियन्त्रणमा पूर्वतयारी तथा प्रतिकार्य, आगी नियन्त्रणका प्रयोग गर्ने औजारबारे जानकारी दिएका दिएका थिए ।
कार्यक्रममा सबै वडाका अध्यक्षहरु, नेपाल प्रहरी, नेपाल रेडक्रस सोसाइटी, सव डिभिजन वन कार्यालयका प्रतिनिधिहरु, महिला वालबालिका तथा जेष्ठ नागरिक शाखाका प्रमुख, विपद व्यवस्थापन शाखाका प्रमुख, सामुदायिक वनका पदाधिकारी, मानव अधिकार रक्षक संजाल, अगुवा भल्मन्साहरुको सहभागिता रहेको थियो ।
कार्यक्रम संचालन दलित महिला अधिकार मञ्चका सामाजिक परिचालक निलु चौधरी, स्वागत सामाजिक परिचालक सीमा महतौं र कार्यक्रमबारे दलित महिला अधिकार मञ्चका सिढरा परियोजनाका परियोजना अधिकृत मिनबहादुर हुडकेले गरेका थिए ।
त्यसैगरी विहिबार दलित महिला अधिकार मञ्चको आयोजनामा कैलारी गाउँपालिकाका २५ वटा सामुदायिक वनका पदाधिकारीहरुसँग वन डढेलो नियन्त्रण सम्बन्धी अभिमुखीकरण कार्यक्रम गरिएको छ ।