७ फाल्गुन २०८१, बुधबार February 19, 2025

चैतन्य पाठशालाले विन्टर क्याम्प महोत्सव आयोजना गर्दै

१५ पुष २०८१, सोमबार
चैतन्य पाठशालाले विन्टर क्याम्प महोत्सव आयोजना गर्दै

धनगढी । चैतन्य पाठशाला धनगढीले विन्टर क्याम्प महोत्सव आयोजना गर्ने भएको छ ।
पाठशालाले यहि पुस २७ गतेदेखि माघ ५ गते महोत्सवको आयोजना गर्ने भएको हो । मेला बारे सोमबार पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ । पाठशालाले विगतका वर्षहरुका पनि विभिन्न किसिमका कार्यक्रम गर्दै आएको छ । पाठशालाका अध्यक्ष गणेश प्रसाद जोशीले स्टिमफेयर वार्षिक खेलकुद सप्ताह र यो वर्ष विन्टर क्याम्प रमाइलो मेलालाई जोडेर संयुक्त रुपमा विन्टर क्याम्प मेला आयोजना गर्न लागेको बताए ।
उनले शिक्षा र संस्कारको संगम, वेद र विज्ञानको संयोजन, प्रकृति र संस्कृतिको सम्मानका लागि चैतन्य पाठशालाको शौक्षिक अवधारणा अघि बढिरहेको र पाठशालाले विद्यार्थीहरूको चौतर्फी विकासका लागि मेला आयोजना गर्न लागेको बताए ।
महोत्सवमा मुख्यतः रक्तदान जीवनदान मानव सेवाका लागि चैतन्य अभियान, विज्ञान प्रविधिको अन्वेषण र प्रयोगात्मक परियोजनाको प्रयोग, कला संस्कृति साहित्य रहनसहन खानपान, मौलिक पहिचान र प्रदर्शनी, व्यक्तित्व विकासका वृहत आयामहरूको क्षमताका लागि प्रतिस्पर्धाहरू रमाइलो खेल र सिकाई, सृजनशीलता र नवीन अभ्यासको प्रयोग गरिने पाठशालाका प्रधानाध्यापक कटक सिंहले जानकारी दिए ।
त्यसैगरि उनले विभिन्न महत्वपूर्ण खेलहरूको प्रतिस्पर्धा, चैतन्य गायन, चैतन्य नृत्य, चैतन्य ट्यालेन्ट हन्ट कम्पिटिसन, अभिभावकहरु बिच रमाइलो खेल र प्रतिस्पर्धात्मक खेल, रक्तदान, साइकल र्याली, कलश यात्रा, समाजसेवा, पाठ्यपुस्तक र पाठ्यक्रमभन्दा पर गएर विद्यार्थीहरूको अन्तर्निहित क्षमता पहिचानका लागि अवसर सिर्जनाका साथै विज्ञान र प्रविधि अन्तर्गत विद्यार्थीद्वारा निर्मित आरसी प्लेन र ड्रोन उडाइने जस्ता कार्यक्रम रहने उनले बताए ।
सोही बिच पाठशालाले पत्रकार महासङ्घका नवनिर्वाचित केन्द्रीय सदस्य प्रदेश सदस्यहरू र कैलाली जिल्लाको सिङ्गो नवनिर्वाचित समितिलाई बधाई सहित सम्मान गरेको छ ।
योसँगै “रक्तदान जीवनदान, मानव सेवाका लागि चैतन्य अभियान” कार्यक्रम संयोजकको जिम्मेवारी पत्रकार तथा सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी रक्तदान गर्ने स्वयंसेवी रक्तदाता दीपक उपाध्यायलाई दिएको छ ।