कोहलपुर, १० पुस । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड केन्द्रिय कार्यालयको आज बाँकेको कोहोलपुरमा भब्यताका साथ संस्थाको छैठौं वार्षिक साधारण सभा सुरु भएको छ ।
संस्थाका कार्यकारी निर्देशक लघुबित्त विज्ञ तथा समाजसेवी डा. गोपाल दहितका अनुसार साधारण सभामा आव २०८०/८१ को बार्षिक प्रतिवेदन माथि छलफल गर्ने तथा स्वीकृत गर्ने, बार्षिक कार्यक्रम तथा योजना अनुमोदन, अन्य लघुबित्त वित्तीय संस्थालाई गाभ्ने गाभिने तथा प्राप्ती समाहित विषयमा प्रस्ताव गर्ने, बाह्य लेखा परिक्षक नियुक्त गर्ने तथा पारिश्रमिक तोक्ने गर्ने जनाएको छ ।
त्यसैगरी वार्षिक साधारण सभामा संस्थको तर्फबाट प्रतिवेदन कार्यकारी निर्देशकबाट प्रस्तुत गर्ने, आव २०८०/८१ मा सम्पत्ति तथा दायित्वको बिवरण, नाफा–नोक्सान हिसाब, नगद प्रवाह बिवरण लगायतका अन्य हरहिसाब अनुमोदन गर्ने, संस्थाको नयाँ कार्यविधीहरु तथा विद्यमान नियमावली कार्यविधीहरु संसोधन एवम् परिमार्जन गर्ने अन्य विविध बिषयमा छलफल हुने जनाएको छ ।

वार्षिक साधारण सभामा संस्थाका अध्यक्ष शिव बहादुर चौधरीको अध्यक्षतामा भएको हो । सभामा समाजसेवी तथा सञ्चालक समिति सदस्य पुरन प्रसाद चौधरी, सञ्चालक सन्तराम धरकटुवा थारु, सञ्चालक जगत राम थारु, संञ्चालक समिति सदस्य बालिका चौधरीको सहभागिता रहेको छ ।
उक्त कार्यक्रममा संस्थाका मानव संसाधन तथा जनशक्ति व्यवस्थापन तालिम प्रमुख मान बहादुर थारु, लघुबित्त सेक्सन प्रमुख मदन चौधरी, कर्जा अधिकृत तुला चौधरी आइटी रमेश चौधरी, आन्तरिक लेखा परिक्षक राजेन्द्र कुमार चौधरी, बिनोद कुंवर, लेखा अधिकृत अयोध्या प्रसाद चौधरी, स्टोर सेक्सन प्रमुख नरेन्द्र बहादुर चौधरी लगायको सहभागिता रहेको छ ।
युनिक नेपाल लघुवित्त वित्तिय संस्था लि ले २०५७ साल देखी पछाडी पारिएको वर्ग थारु, दलित, मुस्लिम, आदिबासी, जनजाती, सिमान्तकृत समुदाय गरिबीको रेखामुनि रहेका महिला दिदिहरुलाई लघुवित्त कार्यक्रमबाट आर्थिक रुपमा सबलीकरण गर्न तथा क्षमता अभिवृद्धि गर्न ग्रामीण क्षेत्रमा कार्य गदै आएको छ ।
हाल युनिक नेपाल लघुवित्त वित्तिय संस्था लि.संग करिब ९० हजार भन्दा बढी महिलादिदी बहिनीले लघुबित्त सेवा लिदै समुहमा बसेका छन् । संस्थाले कञ्चनपुर, बांके,बर्दिया,दाङ, कपिलवस्तु, सहित ६ वटा जिल्लामा ४१ वटा शाखा मार्फत सेवा दिँदै आएको छ ।