धनगढी, ८ पुस । कैलालीको विभिन्न ठाउँबाट अवैध भन्सार छलिको सामन प्रहरीले नियन्त्रणमा लिएको छ ।
गोदावरी नगरपालिका वडा नम्बर २, धनगढी रोड छ लेन सडक खण्डको किनारा, भजनी न.पा. ६ थापापुर, वडा नम्बर ७ हिम्मतपुर, टीकापुर नगरपालिका वडा नम्बर १ ब्लक नम्बर २५ स्थित सडक खण्ड र कैलारी गाउँपालिका वडा नम्बर ७ पुरानो भुईयाँफाँटाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका सामान नियन्त्रणमा लिएको हो ।
प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा रहेको ३ लाख १५ हजार ५३० मूल्यको सामान फेला पारी नियन्त्रणमा लिएको जनाएको छ ।
बरामद भएको सामानहरुमा प्याज, बिडी, सुर्ती, सुपारी, लेडिज व्याग, तातो टोपी, गम, ब्याट्री लगायत रहेको प्रहरीले जनाएको छ ।
त्यसैगरि कञ्चनपुरमा पनि अवैध भन्सार छलिका सामान बरामद गरिएको छ ।
भिमदत्त गनरपालिका वडा नम्बर १० भन्सार कार्यालय नजिकबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएको दुई लाख ८७ हजार ४३० रुपिया बराबरको चिनी, मिश्री, मटर, खाने तेल, किराना, हार्डवेयर लगायतका सामानहरु बरामद गरेको हो ।
इलाका प्रहरी कार्यालय गड्डाचौकी र सशस्त्र प्रहरी बल नेपाल प्रस्ताविक सिमा सुरक्षा गुल्म गड्डाचौकी, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी आवश्यक कार्वाहीको लागि भन्सार कार्यालय गड्डाचौकी पठाएको जनाएको छ ।