१५ बैशाख २०८३, मंगलवार April 28, 2026

नमस्ते सहकारीको २२ औं साधारण सभा

७ पुष २०८१, आईतवार
नमस्ते सहकारीको २२ औं साधारण सभा

धनगढी, ७ पुस । नमस्ते बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २२ औं साधारण सभा साथ सम्पन्न भएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर ८ स्थित सहकारीको शनिबार एक भव्य कार्यक्रमको बिच सम्पन्न भएको हो ।
सहकारीका अध्यक्ष जगतराम चौधरीका अध्यक्षतामा भएको कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री लक्ष्मण किशोर चौधरी प्रमुख अतिथी रहेका थिए ।
प्रमुख अतिथी चौधरीले नमस्ते बचत तथा ऋण सहकारी संस्था लिमिटेड शेयर सदस्यहरुको विश्वास जितेर अघि बढेको बताए । उनले भने, ‘पूर्व तिर सहकारीले ठगेको विभिन्न घटना सुनिन्छ, शेयर सदस्यहरु लगानी गर्ने बेला विचार पु¥याउन जरुरी रहेको छ ।’
कार्यक्रममा जिल्ला सहकारी संघका अध्यक्ष फणिराज सापकोटा देश विकासमा सहकारीको ठुलो योगदान रहेको बताए ।
कार्यक्रममा धनगढी उपममहानगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष जुगराम चौधरी, जिल्ला सहकारी संघका उपाध्यक्ष रामचन्द्र चौधरी, नवज्योति कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष सीताराम राना, भल्मन्सा समितिका उपाध्यक्ष रामनारायण चौधरीलगायत मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा सहकारीका प्रवन्धक विजय चौधरीले सहकारीको २०८१ असार मसान्तसम्म चुक्ता शेयर पुँजी ४ करोड ४५ लाख ५२ हजार दुई सय पुगेको र शेयर सदस्य संख्या ६ हजार ७१४ पुगेको बताए ।
त्यस्तै निक्षेप संकलन असार मसान्तसम्म २५ करोड ५४ लाख ८१ हजार ३८३ रुपिया ४६ पैसा र मुनाफा आर्जन २०८०÷०८१ सालमा ७६ लाख ९२ हजार २९८ रुपिया ६३ पैसा भएको बताए ।
असार मसान्तसम्म सहरकारीले ऋण लगानी ३७ करोड ५१ लाख ५४ हजार ७८ रुपिया ५४ पैसा गरेको पनि जनाए ।

सोही अवसरमा सहकारीले असल बचतकर्ता रिता चौधरी, असल बाल बचतकर्ता राजन राना, असल ऋणी हरिमिलन रानालाई सम्मान गरेको छ । त्यसैगरि जेष्ठ नागरिक बचतकर्ता खडकविर चौधरी, पुन्ना राना, बर्फीदेवी राना, भिख्खु राना, रामकिसन डगौरा, बलु राना थारु, मंगु रानाथारुलाई पनि सम्मान गरेको छ ।
सहकारीले उत्कृष्ट कर्मचारी सम्मान प्रवन्धक विजय चौधरी र उत्कृष्ट बजार प्रतिनिधि सम्मान शर्मिला रानालाई गरेको छ । कार्यक्रममा स्वागत मन्तव्य कोषाध्यक्ष महेश चौधरी र संचालन उपाध्यक्ष रोहित चौधरी, सचिव खडकबहादुर चौधरीले गरेका थिए ।