धनगढी, ७ पुस । थारु विद्यार्थी समाज कैलालीको जिल्ला अध्यक्षमा विनोद चौधरी निर्वाचित भएका छन् ।
शनिबार भएको समाजको छैठौ जिल्ला अधिवेशनबाट चौधरी निर्वाचित भएका हुन् । उनले आफ्नो प्रतिद्वन्दी दिपक चौधरी भन्दा धेरै मत ल्याएर विजयी भएका हुन् । निर्वाचनमा कुल ३३ मत खसेकोमा नव निर्वाचित अध्यक्ष चौधरीले २५ पाएका थिए । दिपक चौधरीको पक्षमा ५ मत खसेको थियो भने एक मत बदर भएको थियो ।
समाजको जिल्ला उपाध्यक्षमा सुदीप चौधरी, सिर्जना चौधरी, शंकर डगौरा, सचिवमा शिव कठरिया, सहसचिवमा रविराज चौधरी र कोषाध्यक्षमा सागर कुश्मी सर्वसम्मत चयन भएका छन् ।
त्यस्तै सदस्यहरुमा रविता महतो, पुरन कुमार चौधरी, आशिका चौधरी, दिवन्ती चौधरी, आस्मा चौधरी, स्मृति चौधरी, सौरव चौधरी, अञ्जली चौधरी सर्वसम्मत चयन भएका छन् ।

थारु विद्यार्थी समाजको जिल्ला अध्यक्ष आशिष चौधरीको अध्यक्षतामा भएको अधिवेशन सुदूरपश्चिम प्रदेश सरकारका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री लक्ष्मण किशोर चौधरी प्रमुह अतिथी रहेका थिए ।
बन्दसत्र थारु विद्यार्थी समाजका केन्द्रीय उपाध्यक्ष ठाकुर प्रसाद करिया प्रधानको संयोजकत्वमा भएको थियो । जसमा माधव चौधरी, बाँधुराम चौधरी, दिपक चौधरी र रघुनाथ चौधरी सदस्य रहेका थिए । कैलाली जिल्लाका क्याम्पसमा गठन भएको इकाई समितिबाट ४/४ जना सहित प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।