२४ भाद्र २०८३, बुधबार September 9, 2026

थारु संस्कृति र स्वाभिमानमाथि आँच आउने कार्य भएको भन्दै आपत्ति

३ पुष २०८१, बुधबार
थारु संस्कृति र स्वाभिमानमाथि आँच आउने कार्य भएको भन्दै आपत्ति

धनगढी, ३ पुस । सुदूरपश्चिम महोत्सवमा थारु समुदायको संस्कृति र स्वाभिमानमाथि आँच आउने उच्छृङ्खल कार्य भएको भन्दै थारु समुदायका विभिन्न संघसंस्थाले आपत्ति जनाएका छन्।
धनगढीमा जारी रहेको महोत्सवमा कला, संस्कृति दर्शाउनका लागि थारु गाउँ राखिएको छ। तर, त्यसको दुर्दशा र त्यहाँको गतिविधिले थारु समुदायलाई बद्नाम गरिरहेको संघसंस्थाको बुझाइ छ। थारु कल्याणकारिणी सभा कैलालीसहित नौ वटा संघसंस्थाले सो कार्यप्रत्ति आपत्ति जनाउँदै महोत्सव आयोजक कैलाली उद्योग वाणिज्य संघलाई ज्ञापनपत्र बुझाएका छन्।
वर्षौ वर्ष अगाडिदेखि थारु समुदायको बसोबास रहेको ठाउँमा आयोजना गरिएको महोत्सवमा थारु गाउँ राख्नुको कुनै औचित्य नरहेको संघसंस्थाहरुको जिकिर छ।
आगामी दिनमा यस्ता क्रियाकलाप गर्दा सम्बन्धित सरोकारवाला संघसंस्थाहरुसंग समन्वय गर्न आग्रह गरिएको छ।