हसुलिया, २८ मंसिर । कैलारी गाउँपालिका वडा नम्बर ७, रामपुरमा ज्ञान विज्ञान धार्मिक महा–महोत्सव २०८१ सुरु भएको छ ।
महोत्सवको उद्घाटन गाउँपालिकाका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथी राजसमझ चौधरीले गरेका हुन् ।
महोत्सव मंसिर २८ गते देखि पुस ४ गतेसम्म आयोजना हुने भएको छ । धार्मिक महोत्सवमा भक्तजनहरुका लागि भुमिदान, अन्नदान, गौ दान, पृतदान, तुलादान गर्न मिल्ने आयोजकले जनाएको छ । महोत्सवमा बिहान दैनिक ५ बजेदेखि ७ बजेसम्म योग विज्ञान शिविर हुने र बिहान ८ बजेदेखि राति १० बजेसम्म बृहत भजन कृतन र दिब्य झाँकी प्रदर्शन गरिने जनाएको छ ।
महोत्सव उद्घाटन सत्रका अतिथीहरुमा कैलारी गाउँ पालिकाका नेपाली काँगे्रस पार्टी सभापति कृष्ण चौधरी, वडा नम्बर ४ का वडा अध्यक्ष ठागुराम चौधरी, कैलारी गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ७ का वडा अध्यक्ष दिपेन्द्र बम, महाधिवेशन प्रतिनिधि मनिराम चौधरी तथा राजु बराल लगायत रहेका थिए ।