७ फाल्गुन २०८१, बुधबार February 19, 2025

सुदूरपश्चिम प्रदेशको कथा समेटिएको म्युजिक भिडियो “भुल्नै गाह्रो भो’’

२२ मंसिर २०८१, शनिबार
सुदूरपश्चिम प्रदेशको कथा समेटिएको म्युजिक भिडियो “भुल्नै गाह्रो भो’’

धनगढी, २२ मंसिर । सुदूरपश्चिम प्रदेशको कथा बस्तुलाई समेटिएर बनाएको म्युजिक भिडियो “भुल्नै गाह्रो भो’’ सार्वजनिक गरिएको छ ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले धनगढीमा एक कार्यक्रमका बिच उक्त म्युजिक भिडियो सार्वजनिक गरेका हुन् । एभरेष्ट ग्यालरी टिमले सुदूरपश्चिम प्रदेशका कैलारी गाउँपालिका तथा डोटी जोरायल गाउँ पालिका क्षेत्रमा छायाँकन गरिएको दुई वटा म्युजिक मुख्यमन्त्री शाहले सार्वजनिक गरेका हुन् ।
म्युजिक भिडियोमा सुदूरपश्चिम प्रदेशको समसामयिक कथालाई अत्यन्तै सुन्दर तरिकाले प्रस्तुत गरिएको छ । सनम कठायत र पवित्रा शाखीको उत्कृष्ट भूमिका रहेको सो म्युजिक भिडियोमा जोरायल गाउँपालिका अध्यक्ष स्वयं दुर्गा ओझा लगायत धेरै जना कलाकारहरुको अभिनय रहेको छ ।
जोरायल गाउँपालिका र छिमेकी राष्ट्र भारतमा छायाँकन गरिएको सो म्युजिक भिडियोमा दिपक गिरीको छायाँकन, अमृत चापागाईंको सम्पादन साथै जनक सिंहको निर्देशन रहेको छ । मोडल स्वयं कठायतकै कथा रहेको सो म्युजिक भिडियो विशाल सुनारको प्रस्तुति गरेका छ भने गायक उमेश मुस्कान र गायिका अनु चौधरीको स्वर रहेको छ ।


सो अवसमा यसै वर्षबाट एभरेष्ट प्रादेशिक सम्मान घोषण गरिएको थियो । यसक्रममा सुदूरपश्चिम प्रदेशमा सकृय रहेर पेशागत योगदान पुर्याउन सफल एभरेष्ट साहित्य सम्मानबाट निर्मलकुमार भण्डारी, एभरेष्ट पर्यटन प्रवर्द्धन सम्मानबाट खप्तडछान्ना गाउँ पालिका अध्यक्ष उत्तम रोकाया, एभरेष्ट देउडा रत्न सम्मानबाट गायक भुवनप्रसाद दाहाल, एभरेष्ट पर्यटन सम्वर्द्धन सम्मानबाट मायाप्रकाश भट्ट, पत्रकारिता सम्मानबाट चित्राङ थापा, युवा समाजसेवी÷उद्यमी सम्मानबाट किरण मल्ल, शिक्षा तथा समाजसेवी सम्मानबाट योगेन्द्र हमाल, कृषि उद्यमी सम्मानबाट खड्क मल्ल साथै युवा पर्यटन प्रचारप्रसार सम्मानबाट भरतविक्रम शाहलाई सम्मानित गरिएको छ ।

कार्यक्रम सुदूरपश्चिम प्रदेश प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. टि एन जोशीको अध्यक्षतामा भएको थियो । कार्यक्रममा प्रतिनिधि सभा सदस्य तारा लामा तामाङ, सामाजिक विकासमन्त्री मेघराज खड्का, आन्तरिक मामिलामन्त्री हिरा सार्की तथा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लक्ष्मणकिशोर चौधरी, प्रदेश सभा सदस्य शिवसिंह ओली, जोरायल गाउँपालिका अध्यक्ष दुर्गा ओझा, कैलारी गाउँ पालिका अध्यक्ष राजसमझ चौधरी, विभिन्न सुरक्षा निकाय प्रतिनिधिहरु, सहायक प्रमुख जिल्ला अधिकारी लगायत सुदूरपश्चिम प्रदेशका विभिन्न क्षेत्रका प्रभावशाली व्यक्तित्वहरुको विशेष उपस्थिति रहेको थियो ।