५ बैशाख २०८३, शनिबार April 18, 2026

लागूऔषधसहित दुई जना पक्राउ

२० मंसिर २०८१, बिहीबार
लागूऔषधसहित दुई जना पक्राउ

धनगढी, २० मंसिर । लागूऔषधसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । टीकापुर नगरपालिका–९ खक्रौटाबाट १३ ग्राम १६० मिलिग्राम लागूऔषध खैरो हेरोइन सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय टीकापुर र प्रहरी चौकी कालाकुण्डाको नेतृत्वमा कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले शक्तिनगर बस्ने २२ वर्षीय मुकेश कुमार डगौरा र २३ वर्षकी सृजना कुमारी चौधरीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता कविन्द्र सिंह बोहराले जानकारी दिए ।
पक्राउ परेका परेका दुवै जना माथि आवश्यक अनुसन्धान भई कारबाही प्रकृया अगाडि बढाएको समेत प्रहरीले जनाएको छ ।