१ जेष्ठ २०८२, बुधबार May 14, 2025

जिसस प्रमुखद्वारा कार्यभार ग्रहण

१६ मंसिर २०८१, आईतवार
जिसस प्रमुखद्वारा कार्यभार ग्रहण

धनगढी, १६ मंसिर । जिल्ला समन्वय समितिको प्रमुखमा निर्विरोध निर्वाचित टीका चौधरी भुलले आज पदभार ग्रहण गरेकी छन् । कैलाली जिल्ला अदालतमा पद तथा गोपनीयताको शपथ ग्रहणपछि उनले कार्यभार सम्हालेकी हुन् ।


यसअघि, जिल्ला न्यायाधीश दण्डपाणि लामिछानेले उनलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए । भुल नेपाली कांग्रेसबाट जिल्ला समन्वय समिति प्रमुखमा निर्विरोध निर्वाचित भएकी थिइन् । तत्कालीन जिल्ला समन्वय समिति प्रमुख पदमबहादुर कलेलको निधन भएपछि यहाँ उपनिर्वाचन भएको हो ।


आजै नै निर्वाचन कार्यालयले निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेको थियो । सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालयका निर्वाचन अधिकारी प्रेमराज भट्टले उनलाई प्रमाणपत्र प्रदान गरेका थिए ।
प्रमुखका लागि कांग्रेसको तर्फबाट भुल र नागरिक उन्मुक्ति पार्टीको रुक्मति थारु गरी दुई जनाको उम्मेदवारी परेको थियो । नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार थारुले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि भुल जिसस प्रमुखमा निर्विरोध निर्वाचित भएकी थिइन् । उनी कैलारी गाउँपालिका–२ को वडा सदस्यमा निर्वाचित भएकी थिइन् ।