धनगढी, १४ पुस । पुस १५ को अवसर पारेर थारु भाषाको लोकप्रिय गित “पन्छी“ को म्युजिक भिडियो सार्वजनिक हुने भएको छ ।
सि.एस. फिल्मस् युट्युव च्यानलबाट सार्वजनिक हुने भएको हो । म्युजिक भिडियोमा थारु मेगा स्टार संगत थारु, नायिका तथा मोडेल समु चौधरीको अभिनय रहेको छ । साथै त्यही भिडियो मार्फत दुई जना नयाँ कलाकारको पनि डेभ्यु हुने भएको छ । म्युजिक भिडियोमा अजय राना र स्मिता पछल्डंगियाले नयाँ जोडीको रुपमा डेभ्यु गरेका छन् । यिनिहरुको अभिनय हेर्नका लागि पहिलो पटक प्रकाशन गरेको पोस्टरबाट नै धेरै राम्रोे प्रतिकृया आईरहेको छ ।
पहिलो पटक थारु म्युजिक भिडियोको छायांकन छिमेकी राष्ट्र भारतको रमणिय एवं पर्यटकिय क्षेत्र नैनीतालमा भएको निर्माण पक्षले जनाएको छ ।
अडियोबाटै चर्चा पाएको गितलाई छायांकन तथा सम्पादन सतिश कुमार सिन्हाले गरेका छन् भने निर्देशन सुधराम दहितको रहेको छ ।
शब्द संगित सुबेश कठरियाको रहेको गितमा गायक आर.के. थारु र गायिका अन्नु चौधरीको स्वर रहेको छ । भिडियोमा ईजरायल हमास आक्रमणबाट नेपालीले भोगेको पीडा देखाउन खोजिएको निर्देशक सुधराम दहितले बताएका छन् । भिडियोमा एक परिवारको जिम्मेवार युवा परिवारिक जिम्वारी बोकी विदेशीएकोे चित्रन गरिएको पनि उनले बताए ।