कैलाली । “भबिष्यमा मानवअधिकार संस्कृतिलाई एकिकृत र दिगो बनाऔ“ भन्ने मूल नाराका साथ ७५ औँ अन्तराष्ट्रिय मानवअधिकार दिवसको अवसरमा धनगढीको पार्क चौकमा दीप प्रज्वलन गरी मनाईएको छ ।
मानवअधिकार संरक्षण मंच नेपालका प्रदेश अध्यक्ष डिल्लीराज जोशी र एम्नेस्टी ईन्टरनेशनल नेपाल समूह –४४ का संयोजक ओमप्रकाश पाण्डेयले दीप प्रज्वलन गरी कार्यक्रमको शुभारम्भ गरेका थिए ।

कार्यक्रममा राष्ट्रिय दलित आयोगकी सदस्य मिना सोब, धनगढी उपमहानगरपालिका उपप्रमुख कन्दकला राना, मानवअधिकार संरक्षण मंच नेपालका प्रदेश अध्यक्ष डिल्लीराज जोशी, एम्नेस्टी ईन्टरनेशनल नेपाल समूह–४४ का संयोजक ओम प्रकाश पाण्डेय, नेपाली लेखक संघका केन्द्रीय सदस्य गणेश नेपाली, दलित गैरसरकारी संस्था महासंघका प्रदेश अध्यक्ष प्रेम बिसी, गैरसरकारी संस्था महासंघका प्रदेश अध्यक्ष देवी प्रसाद खनाल, बहुउद्धेश्यीय विकास मंचका कार्यक्रम अधिकृत राजेन्द्र रैका, महिला पैरवी मंचकी अध्यक्ष सपना भण्डारी, एम्नेस्टी नेपाल ऐश्वर्य युथ नेटवर्कका अध्यक्ष सुरज खड्का, कैलाली जनपुस्तकालयका कोषाध्यक्ष शेरसिह खड्का लगायतको सहभागिता रहेको थियो
कार्यक्रम एम्नेस्टी ईन्टरनेशनल नेपाल समूह–४४, मानवअधिकार संरक्षण मंच नेपाल, बहुउद्धेश्य विकास समाज, डडेल्धुरा, एम्नेस्टी नेपाल ऐश्वर्य युथ नेटवर्क लगायतका संघसंस्थाहरुको संयुक्त आयोजनामा सम्पन्न भएको थियो ।