२० मंसिर २०८१, बिहीबार December 5, 2024

धनगढीमा मोबाईल एप्स ‘Dailo’ बाट यात्रा गर्न सकिने

२१ मंसिर २०८०, बिहीबार
धनगढीमा मोबाईल एप्स ‘Dailo’ बाट यात्रा गर्न सकिने

धनगढी, २१ मंसिर । पछिल्लो केही समय यता काठमाडौं उपत्यकामा अनलाइन राइड सेयरिङ कम्पनीहरु खुल्ने क्रम बढेसंगै धनगढीमा पनि सहज यात्राको लागि मोबाईल एप्सबाट यात्रा गर्न धनगढीमा ‘Dailo’ मोवाईल एप्स सञ्चालनमा आउन लागेको छ ।

मोबाईल एप्सको प्रयोग गरि आफ्नो गन्तव्यमा सहज र छिटो पुग्न सकिने उद्देश्यले Grass Online Service Pvt.Ltd ले मोबाईल एप्सबाट यात्रा गर्न धनगढीमा ‘Dailo’ एप्स सञ्चालन गर्न लागेको हो ।
काठमाडौं उपत्यकामा सहज यात्राको लागि अधिकांशले राइड सेयरिङमार्फत यात्रा गर्छन् । राजधानीमा ‘पठाओ’ राइड सेयरिङ जस्तै अब धनगढीमा पनि मोबाईल एप्सबाट यात्रा गर्न धनगढीमा ‘Dailo’ आउन लागेको Grass Online Service Pvt.Ltd का म्यानेजर अमित चौधरीले जानकारी दिए । यो एप्सले यात्रु बसेको ठाउवाट एक किलोमिटर सम्मका राइडरलाई सम्बोधन गर्छ ।
विश्वभर लोकप्रियता कमाएपछि नेपाल भित्रिएको यो एप्स नेपालमा पनि लाखौं यात्रु जोडिएका छन् । यो एप्सले यात्रुलाई छिटोछरितो सेवा सुविधा दिन्छ । चौधरीका अनुसार मोबाईल एप्सबाट यात्रा गर्न धनगढीमा ‘Dailo’अनलाइन सिस्टम भएकाले यात्रुलाई सहज हुनेछ। यात्रु उभिएको ठाउँमा २४ औं घण्टा मोबाईल एप्सबाट यात्रा गर्न धनगढीमा ‘Dailo’ पुग्छ ।
हतार परेको बेलामा छिटोछरितो आफ्नो गन्तव्यमा पुग्न सजिलो हुने भएकाले मोबाईल एप्सबाट यात्रा गर्न धनगढीमा ‘Dailo’ ले धेरैको रोजाइँमा पर्न सक्ने कम्पनीको विश्वास छ । हाल दुई पांग्रे सवारी (मोटरसाईकल, स्कुटर) बाट सेवा सुचारु गर्ने र केहीदिनका लागि राईडरहरुको नाम दर्ता गर्न मात्र शुरुमा मोबाईल एप्सबाट यात्रा गर्न धनगढीमा ‘Dailo’ एप्स सञ्चालन गर्ने चौधरीले बताए ।