८ बैशाख २०८१, शनिबार April 20, 2024

सेती अस्पतालमा सिटी स्क्यान सेवा सुरु

१३ पुष २०७९, बुधबार
सेती अस्पतालमा सिटी स्क्यान सेवा सुरु

धनगढी । धनगढीमा रहेको सेती प्रादेशिक अस्पतालमा सिटी स्क्यान सेवा सुरु भएको छ ।
अस्पतालमा आजदेखि मेशिन जडान भएर सेवा सुरु भएको जनाएको छ । प्रदेश सरकारको विनियोजन बजेटबाट अस्पतालमा मेशिन जडान गरिएको थियो । सेतीमा सिटी स्क्यान सेवा नहुँदा बिरामीलाई महँगो शुल्क तिरेर निजी अस्पतालहरूमा जानुपर्ने बाध्यता थियो ।
मस्तिष्क घातलगायत मस्तिष्क भित्रका अन्य चोट, नशामा रगत जमेको, घाँटीको समस्या, हड्डीको समस्या, पेटको समस्यालगायत सबै प्रकारका जटिल रोगको निदानमा सिटी स्क्यान मेसिन उपयोगी हुने गर्छ ।