२० माघ २०७९, शुक्रबार February 3, 2023

बिष्फोटक पदार्थ सहित एक जना पक्राउ

१० पुष २०७९, आईतवार
बिष्फोटक पदार्थ सहित एक जना पक्राउ

धनगढी । कैलालीमा बिष्फोटक पदार्थमा प्रयोग हुने कच्चा पदार्थ सहित एक जना पक्राउ परेका छन् ।
भारतबाट नेपाल ल्याउँदै गरेको बिष्फोटक पदार्थमा प्रयोग हुने कच्चा पदार्थ गन्धक र सुरासहित एक जना पक्राउ परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता वेद प्रकाश जोशीका अनुसार पक्राउ पर्नेमा कैलारी गाउँपालिका ४ के गाँउ का ४७ बर्षीय रोमनारायण गामु डगौरा रहेका छन् ।
कैलारी गाउँ पालिका वार्ड नम्बर ३ मोहनपुर स्थित नेपाल भारत सिमा ईलाका सशस्त्र प्रहरी बल नेपाल, बिओपि खोनपुरबाट सशस्त्र प्रहरी निरीक्षक सुवास खत्रीको कमाण्डमा खटिएको मोबाइल गस्ती टोलीले उनलाई शनिबार साँझ साढे ३ बजेको समयमा पक्राउ गरेको हो । उनी मोटरसाइकलमा राखेर बिष्फोटक पदार्थमा प्रयोग हुने कच्चा पदार्थ ल्याउँदै थिए ।
भारतबाट रा २ प ४२८७ नम्बरको मोटरसाइकलमा नेपाल आउँदै गरेको अवस्थामा चेकजाँच गर्दा डगौराको साथबाट २३ किलोग्राम गन्धक र ५ किलोग्राम सुरा बरामद गरिएको थियो । डगौरालाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।