२२ भाद्र २०८१, शनिबार September 7, 2024

स्थानीयस्तरमा रोजगारीका लागि उद्यमशिलता विकास तालिम

५ पुष २०७९, मंगलवार
स्थानीयस्तरमा रोजगारीका लागि उद्यमशिलता विकास तालिम

हसुलिया । कैलारी गाउँपालिकामा आयोजित आठ दिने उद्यमशिलता विकास तालिम सम्पन्न भएको छ ।
तालिम समापनका प्रमुख अतिथी गाउँपालिकाका अध्यक्ष राजसमझ चौधरी रहेका थिए । अध्यक्ष चौधरीले स्थानीयस्तरमा रोजगारी सृजनाका लागि तालिम सञ्चालन गरेको बताए ।
उनले भने, ‘अहिले धेरै यूवा विदेश पलायन भइरहेका छन्, युवा शक्ति विदेश पलायन भएकाले यहाँका माटो बाँझो हुने स्थित रहेको छ । यूवाहरु आफ्नै गाउँठाउँमा आयमुलक कामगरि पैसा आर्जन गर्न सकून् भनि गाउँपालिकाले उद्यम विकास तालिम दिएको हो ।’ रोजगारी नपाएर खाली बसेका यूवा अहिले लागुऔषध दुव्र्यशनीमा फस्दै गएको पनि उनले बताए ।
कार्यक्रममा कैलारी गाउँपालिका–७ का अध्यक्ष तथा प्रवक्ता दिपेन्द्र बम र वडा नम्बर ५ का अध्यक्ष विष्णु चौधरी लगायतको उपस्थित रहेको थियो ।


‘सीप सिकौँ आत्मनिर्भर बनौँ’ भन्ने मुल नारा सहित गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेडा–पा) अन्र्तगत उद्यमशिलता विकास तालिम, व्यावसाय सचेतना तालिम, व्यावसाय सुरु र लैङिक सामाजिक समावेशीकरण तालिम दिएको थियो ।