२० माघ २०७९, शुक्रबार February 3, 2023

सुदूरपश्चिम महोत्सव पुष ५ गतेसम्म सञ्चालन हुने

१ पुष २०७९, शुक्रबार
सुदूरपश्चिम महोत्सव पुष ५ गतेसम्म सञ्चालन हुने

कैलाली । धनगढीमा जारी सुदूरपश्चिम महोत्सवको अवधि ३ दिन थप भएको छ ।
शुक्रबार महोत्सव मुल आयोजक समितीले पत्रकार सम्मेलनको आयोजना गर्दै महोत्सव पुष ५ गतेसम्म सञ्चालन हुने जानकारी दिएको हो ।
महोत्सवमा दर्शकहरूको सहभागिता बढेको र माग अनुसार महोत्सवको अवधि ३ दिन थप गरिएको कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्प कुँवरले जानकारी दिए । महोत्सवमा ५ करोड बढीको व्यापार भईसकेको र हालसम्म २ लाख बढी दर्शकले अवलोकन गरिसकेको उनले बताए ।