२० माघ २०७९, शुक्रबार February 3, 2023

थारु म्युजिक भिडियो ‘सजन मोर’ को १३ मिलियन बढी भ्युज

२२ मंसिर २०७९, बिहीबार
थारु म्युजिक भिडियो ‘सजन मोर’ को १३ मिलियन बढी भ्युज

विकास रत्गैंया
कैलाली । थारु म्युजिक भिडियो ‘सजन मोर’ को १३ मिलियन बढी भ्युज पाएको छ । सो अवसरमा ‘सजन मोर’ टीमले मंगलबार कैलालीका सुख्खडमा सफलता उत्सव मनाएको छ ।
दर्शक तथा स्रोताहरुको साथ सहयोगले म्युजिक भिडियोलाई सफलता मिलेको गीतका गायक एके चौधरीले बताए ।
उनले भने,–‘सम्पूर्ण कलाकारहरुको मेहनत, दर्शक तथा स्रोताहरुको साथ, सहयोगले हामीहरुले सफलता हासिल गरेका हौँ । कला, साहित्यका माध्यमले हाम्रो भाषा, कला सँस्कृति र पहिचान संरक्षण, सम्बर्द्धन गर्न यो सफलताले थप उर्जा थपिएको छ ।’


रामकुमार चौधरीको शब्द, संगीत रहेको उक्त गीतमा गायक एके चौधरी र गायिका अन्नु चौधरीको स्वर रहेको छ । म्युजिक भिडियोमा नरेश चौधरी र मधु चौधरीको अभिनय रहेको छ । सुरजदेव कुसम्याको निर्देशन रहेको म्युजिक भिडियोको अफिसियल युट्यूव मल्टीफ्रेम स्टुडियो युट्युव च्यानल रहेको छ ।


कार्यक्रममा फिल्म निर्देशक राजकुमार श्रेष्ठ, राष्ट्रिय थारु कलाकार मञ्चका उपाध्यक्ष समु चौधरी, हमार म्युजिक बगियाका अध्यक्ष बीर चौधरी, सुपक थारु सलिमाका कोषाध्यक्ष गोबिन्द मुखिया, घोडाघोडी तथा संस्कृति संरक्षण समाजका अध्यक्ष चन्द्र चौधरी लगायत रहेका थिए ।


साथै कार्यक्रममा जिल्ला तथा जिल्ला बाहिरका थारु कलाकारहरु, नृत्य निर्देशक, क्यामेरा पर्सन, कलाप्रेमी, बुद्धिजीवी, समाजसेवीहरुको सहभागीता रहेको थियो । कार्यक्रम सञ्चालन कलाकार अन्जान चौधरीले गरेका थिए ।