२३ मंसिर २०७९, शुक्रबार December 9, 2022

जोशीपुर जेसिज शाखाको अध्यक्षमा सुधराम दहितको उम्मेदवारी

१६ पुष २०७८, शुक्रबार
जोशीपुर जेसिज शाखाको अध्यक्षमा सुधराम दहितको उम्मेदवारी

कैलाली । जोशीपुर जेसिज वर्ष २०२२ को अध्यक्षमा सुधराम दहित उम्मेदवारी घोषणा गरेका छन् । युवाहरुको एकतावद्धलाई उद्यमशिलतासँग जोड्ने लक्ष्य सहित जोशीपुर जेसिस वर्ष २०२२ का अध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरेको दहितले बताएका छन् ।
भोलि शनिबार हुने शाखाको सातौं अधिवेशनका लागि सुधराम सहित चार जना अध्यक्षका लागि उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्षका लागि वर्ष २०२१ का कार्यकारी उपाध्यक्ष भरत डंगौरा, महासचिव धर्मेन्द्र विष्ट र कोषाध्यक्ष पदम बोहरा घोषणा गरेका छन् ।
अध्यक्षका उम्मेदवार दहितले २०१३ देखि जेसिस जोशीपुर शाखामा विभिन्न पदमा बसी जिम्मेवारी निर्वाह गरिसकेका छन् । उनी वर्ष २०१३ मा सदस्य, २०१४ मा उपाध्यक्ष, २०१५ मा तालिम संयोजक, २०१६ मिडिया कोर्डिनेटर, २०१७ मा कार्यकारी उपाध्यक्ष, २०१८ मा प्रकरण निर्देशक, २०१९ मा कानुनी सल्लाहकार, २०२० मा महासचिव पदको जिम्मेवारी निर्वाह गरिसकेका छन् ।