२१ मंसिर २०७९, बुधबार December 7, 2022

योजना कार्यान्वयन सम्बन्धी अभिमुखीकरण

१६ पुष २०७८, शुक्रबार
योजना कार्यान्वयन सम्बन्धी अभिमुखीकरण

कैलाली । कैलालीको कैलारी गाउँपालिकामा योजना उपभोक्ता समितिका पदाधिकारीलाई योजना कार्यान्वयन सम्बन्धी एक दिने अभीमुखीकरण गरिएको छ ।
गाउँपालिकाको आयोजनामा वडा नम्बर ४ का विभिन्न उपभोक्ता समितिका पदाधिकारीहरुलाई अभीमुखीकरण गरिएको हो । योजनाको काम समयमा सपन्न गर्न, सम्पन्न भएको योजनाको सहज तरिकाले भुक्तानी लिन, जनता प्रति जवाफदेही र पारदर्शी बनाउन अभिमुखीकरण गरिएको हो । यसका साथै योजनाको गुणस्तर कायम गर्न र निकासा प्रक्रियाका लागि सहज तरिकाले आवश्यक कागजात तयारी गर्नका लागि अभिमुखीकरण गरिएको योजना शाखा प्रमुख सन्तोष कुमार चौधरीले बताए ।


अभिमुखीकरण कार्यक्रम वडा नम्बर ४ का वडा अध्यक्ष भीखराम चौधरीको अध्यक्षतामा भएको थियो । कार्यक्रममा पूर्वाधार विकास समिति संयोजक तथा वडा नम्बर ७ का वडा अध्यक्ष कमल प्रसाद चौधरी अभिमुखीकरणले उपभोक्ता समितिलाई सहज हुने बताए । उनले उपभोक्ता समितिलाई भुक्तानी लिन र भुक्तानीका लागि फाइल तयार गर्न हुने असजता लगायत योजनाको गुणस्तर, उपभोक्ता समितिलाई जनताप्रति जवाफदेही बनाउन सहज पुग्ने बताए ।
अभिमुखीकरण कार्यक्रममा सामाजिक विकास अधिकृत यगम कलेल, योजना शाखा प्रमुख सन्तोष कुमार चौधरी अभिमुखीकरण गरेका थिए । कार्यक्रममा वडा सदस्य जयराम चौधरी, वडा सचिव श्रीप्रसाद चौधरीको उपस्थिति रहेको थियो ।
अभिमुखीकरण कार्यक्रममा उपाभोक्ता समितिका अध्यक्ष, सचिव र कोषाध्यक्ष लगायत पदाधिकारीहरुको सहभागिता रहेको थियो । यस अघि वडा नम्बर १ र २ मा अभिमुखीकरण सम्पन्न भएको र बाँकी वडामा पनि कार्यक्रम सञ्चालन गरिने योजना शाखा प्रमुख चौधरीले जानकारी दिए ।