२४ कार्तिक २०८१, शनिबार November 9, 2024

पुस १५ गते धनगढीमा डिलाईट साँस्कृतिक साँझ, अन्नु चौधरीको विशेष प्रस्तुती रहने

१४ पुष २०७८, बुधबार
पुस १५ गते धनगढीमा डिलाईट साँस्कृतिक साँझ, अन्नु चौधरीको विशेष प्रस्तुती रहने

कैलाली । सुदूरपश्चिम प्रदेशको परम्परागत पर्व पुसे १५ को अवसर पारेर धनगढीमा डिलाईट साँस्कृतिक साँझ २०७८ कार्यक्रम हुने भएको छ ।
‘सुपको कला संस्कृतिको जगेर्ना र मौलिक भेषभुषा खानपानको व्यवसायीकरणको साथै आन्तरिक पर्यटनमा लगानी’ भन्ने मूलनारा सहति हुने सांस्कृतिक साँझको तयारी पुरा भएको जनाएको छ । बुधबार धनगढीमा पत्रकार सम्मेलन गरि कार्यक्रमको तयारी पुरा भएको जनाएको हो ।
यस क्षेत्रको भाषा, कला, संस्कृति स्थानीय खानपान र आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको आयोजक डिलाइट साँझका संयोजक आवेश कुमार चन्दले बताए । डिलाइट क्याफेका सञ्चालक समेत रहेका चन्दले मौलिक खानपिनलाई व्यवसायीकरण गरि रोजगार सृजना गर्ने, यस प्रदेशका भाषा संस्कृति तथा गीतको बोली संग सरोकार राख्ने चीजबस्तुको संग्रह गरि संग्रहालयको लागि पहल गर्ने कार्यक्रमको मुख्य उद्देश्य रहेको बताए ।
डिलाइट क्याफेको आयोजनामा हुने कार्यक्रममा विभिन्न कलाकारहरुको प्रस्तुती र थारु टेलिफिल्म ‘अस्टे कर्बो’ को च्यारिटी शो हुने समेत जनाइएको छ ।
साँस्कृतिक साँझमा गायिका अन्नु चौधरीको बेजोड प्रस्तुति सँगै चर्चित थारु कलाकारहरु नायक संगत थारु, थारु लोक गायक राजु चौधरी, सुनिता दहित, रितु चौधरी र मधु चौधरी लगायतका कलाकारको विशेष प्रस्तुति रहने आयोजकले जनाएको छ ।

यसका साथै कलाकारिता क्षेत्रमा योगदान पु¥याएका विविध क्षेत्रका १५ जनालाई सम्मान पत्र र दोसल्ला सहित सम्मान पनि गरिने जनाइएको छ ।
धनगढीको नवजीवन अस्तपताल पछाडि द रिद्धिसिद्धी पार्टी प्यालेसमा हुने कार्यक्रमका लागि टिकट दर रु.१५ सय निर्धारण गरिएको छ । कार्यक्रममा २ जनालाई खाना सहितको व्यवस्था रहने आयोजकले जनाएको छ । कार्यक्रम साँझ ५ बजेदेखि राति १० बजेसम्म सञ्चालन हुने छ ।