१३ बैशाख २०८१, बिहीबार April 25, 2024

नेपाल लोकतान्त्रिक पार्टीको कैलाली अध्यक्षमा माधब थारु

९ पुष २०७८, शुक्रबार
नेपाल लोकतान्त्रिक पार्टीको कैलाली अध्यक्षमा माधब थारु

कैलाली । नेपाल लोकतान्त्रिक पार्टीको कैलाली जिल्ला अध्यक्षमा थरुहट नेता माधब थारु चयन भएका छन् ।

नेपाल लोकतान्त्रिक पार्टी र थरुहट थारुवानको संयूक्त संगठन विस्तार अभियानबाट नेता थारुलाई अध्यक्षमा चयन गरिएको हो । संगठन विस्तारले उपाध्यक्षमा देशराज चौधरी सचिबमा प्रदेशी चौधरी लगायत ३५ सदस्यीय कमिटि गठन गरेको छ । नेपाल लोकतान्त्रिक पार्टीको चुनाव चिन्ह ‘नमस्ते’ रहनेछ ।

संगठन विस्तार अभियानले सांसद रेशम चौधरीले जेलबाटै दर्ता प्रक्रिया अगाडी बढाईरहेको समुहसंग राजनीतिकरुपमा एकतावद्ध भई टीकापुर मुद्धा लगायत समग्र उत्पीडनको मुद्धालाई सम्बोधन गर्न र गराउनकोलागि अगाडी बढ्ने नव निर्वाचित अध्यक्ष थारुले जानकारी दिए ।

थरुहट थारुवान आन्दोलनलाई अझ मजबुद र सुद्धिकरण गर्दै राजनीतिकरुपमा संस्थागत गर्न र उत्पीडित वर्ग क्षेत्र लिंगका अवाजलाई बुलन्द गर्ने राजनीतिक दल तथा समुहसंग एकताबद्ध भई सो पार्टीले गच्छदारले लत्याएको चुनाव चिन्ह ‘नमस्ते’ लाई अगल्दै अगामी चुनाबमा होमिने प्रतिबद्ध भएको नेता थारुले बताए ।

लम्की चुहा स्थित बलियामा भएको कार्यक्रम प्रमुख अतिथि थरुहट नेता लक्ष्मण थारु, विशेष अतिथि पार्टी अध्यक्ष भानुराम थारु, पार्टी उपाध्यक्ष भूमिनन्द बराल, थरुहट नेता श्रवण थारुको विशेष अतिथि रहेका थिए ।