९ जेष्ठ २०८१, बुधबार May 22, 2024

पुस १५ गते धनगढीमा डिलाईट साँस्कृतिक साँझ हुने

६ पुष २०७८, मंगलवार
पुस १५ गते धनगढीमा डिलाईट साँस्कृतिक साँझ हुने

कैलाली । धनगढीमा यही पुस १५ गते डिलाईट साँस्कृतिक साँझ २०७८ कार्यक्रम हुने भएको छ । डिलाइट क्याफेको आयोजनामा हुने कार्यक्रममा विभिन्न कलाकारहरुको प्रस्तुती रहने जनाइएको छ । साँस्कृतिक साँझमा गायिका अन्नु चौधरीको बेजोड प्रस्तुति सँगै चर्चित थारु कलाकारहरु नायक संगत थारु, थारु लोक गायक राजु चौधरी, सुनिता दहित, रितु चौधरी र मधु चौधरी लगायतका कलाकारको विशेष प्रस्तुति रहने आयोजकले जनाएको छ ।
यसका साथै कलाकारिता क्षेत्रमा योगदान पुर्‍याएका कलाकार, गायक गायिकालाई सम्मान पनि गरिने र दर्शकहरुले कार्यक्रममा गायन, डान्स र कमेडीको भरपुर मनोरञ्जन लिन पाउने छन् । टिकट रु.१५ सय रहेको कार्यक्रममा २ जनालाई खाना सहितको व्यवस्था रहने छ ।