१ असार २०८१, शुक्रबार June 14, 2024

नेपाल पर्यटन वोर्ड प्रदेश कार्यालय स्थापना

५ पुष २०७८, सोमबार
नेपाल पर्यटन वोर्ड प्रदेश कार्यालय स्थापना

धनगढी । नेपाल पर्यटन वोर्ड सुदूरपश्चिम प्रदेश कार्यालयको उद्घाटन गरिएको छ । धनगढी उपमहानगरपालिकाको वडा नम्बर १ मा प्रदेश कार्यालय स्थापना गरिएको हो । संस्कृति नागरिक उड्डयन तथा पर्यटन मन्त्री प्रेम आलेले सोमबार बिहान एक कार्यक्रमका बिच कार्यालय उद्घाटन गरेका हुन् ।
नेपाल पर्यटन वोर्ड गठन भएको २२ वर्ष पछि सुदूरपश्चिम प्रदेश कार्यालय स्थापना भएको हो । कार्यालय स्थापनाले यस क्षेत्रको पर्यटन प्रर्वद्धनमा टेवा पुग्ने मन्त्री आलेले बताए । यसका साथै उनले प्रदेशको पर्यटन क्षेत्रको प्रवर्द्धनमा आफू लागी परेको समेत बताए ।