कैलाली । गैरसरकारी संस्था महासंघ नेपालको केन्द्रीय सदस्यमा दलित महिला अधिकार मञ्च नेपालकी अध्यक्ष सावित्रा घिमिरे निर्विरोध निर्वाचित भएकी छन् । पौष २ र ३ गते काठमाडौंमा सम्पन्न महासंघको दशौँ महाधिवेशनबाट सामाजिक अभिन्यन्ता एंव अधिकारकर्मी घिमिरे सर्बसम्मत रुपमा निर्वाचित भएकी हुन् ।
नवनिर्वाचित केन्द्रीय सदस्य घिमिरे बिगत लामो समय देखि महिला, दलित एंव सिमान्तकृत समुदायको मानवअधिकार, सामाजिक न्याय र समातामूलक समाज निमार्णको अभियानमा कृयाशिल रहेकी छन् ।