२० मंसिर २०८१, बिहीबार December 5, 2024

कैलारीलाई चाँडै नै हिंसामुक्त गाउँपालिका बनाउँछौं : अध्यक्ष चौधरी

२४ मंसिर २०७८, शुक्रबार
कैलारीलाई चाँडै नै हिंसामुक्त गाउँपालिका बनाउँछौं : अध्यक्ष चौधरी

हसुलिया । कैलारी गाउँपालिकाको हसुलियामा लैङ्गिक हिङ्सा विरुद्ध १६ दिने अभियानको समीक्षा र ७३औं अन्तराष्ट्रिय मानव अधिकार दिवश भव्यताका साथ सम्पन्न भएको छ ।
गाउँपालिका उपाध्यक्ष लक्ष्मी सत्गौंवा थारुको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथी गाउँपालिका अध्यक्ष लाजुराम चौधरी रहेका थिए । कार्यक्रममा अध्यक्ष चौधरीले सबै क्षेत्रमा लैङ्गिक हिंसा व्याप्त रहेको बताए । तर उनले आफ्नो गाउँपालिकालाई लैङ्गिक हिंसामुक्त बनाउन नीति र कार्यक्रम ल्याएको बताए । अध्यक्ष चौधरीले सोही अनुरुप गाउँपालिकाले उक्त नीति र कार्यक्रम कार्यान्वयन गरिरहेकोले गाउँपालिकालाई चाँडै नै हिंसामुक्त गाउँपालिका बनाउने बताए । यस अभियानलाई सफल पार्न र सहकार्य गर्ने व्यक्ति र संघसंस्थालाई गाउँपालिकाले स्वागत गर्ने बताए ।


उपाध्यक्ष सत्गौंवा थारुले हिंसा सबै खाले विकासको बाधक भएकोले यसलाई निर्मुल गर्न जो जहाँ छ, त्यहीबाट लाग्नु पर्ने बताइन् । उनले अगाडी थपिन्–‘उनले भौतिक विकासको अर्थ तब हुन्छ, जब मानवीय विकासले सार्थकता पाउछ त्यसको लागि हिंसा न्युनकीरण अपरिहार्य रहेको छ ।’
यसै बिच अभियानका अवसरमा सञ्चालन गरिएको विभिन्न प्रतियोगिताका प्रतियोगिहरुलाई पुरस्कृत समेत गरेको महिला तथा बालबालिका शाखा प्रमुख बालकुमारी चौधरीले जानकारी दिइन् । यसका साथै अभियानलाई सफल पार्न सहयोग गर्ने संघसंस्थालाई समेत सम्मान गरिएको उनले बताइन् । कार्यक्रममा वडा अध्यक्ष, राजनीतिक दलका प्रतिनिधी, संघ संस्थाका प्रतिनीधीहरुको सहभागिता रहेको थियो ।