२३ मंसिर २०७९, शुक्रबार December 9, 2022

लवाङ्गी पूजाको अवसरमा घोडाघोडीमा भोलि मंसिर २२ गते सार्वजनिक विदा

२१ मंसिर २०७८, मंगलवार
लवाङ्गी पूजाको अवसरमा घोडाघोडीमा भोलि मंसिर २२ गते सार्वजनिक विदा

धनगढी । घोडाघोडी नगरपालिका भोलि मंसिर (२२ गते) एक दिन सार्वजनिक विदा दिने निर्णय गरिएको छ ।
मंगलबार एक सुचना जारी गर्दै नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र बहादुर सिंहले लवाङी पूजाको अवसरमा एक दिन रोज सार्वजनिक विदा दिने निर्णय भएको बताए । थारु समुदायको विशेष पर्व लवाङी पूजाको उपलक्ष्यमा विदा दिएको सूचनामा उल्लेख रहेको छ ।
बुधबार नगरपालिकाभित्र रहेका सम्पूर्ण कार्यालय, संघसंस्था तथा शिक्षण संस्थामा सार्वजनिक विदा रहेको जनाइएको छ । लवाङी पूजा प्रत्येक बर्ष बिबाह पञ्चमीको दिन गरिने उक्त पुजा विशेष गरि नयाँ अन्न आफ्नो देवतालाई चढाएर पूजा गरिने चलन रहेको छ ।