कैलाली । कैलालीको कैलारी गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको अध्यक्षमा पुनः बतासु चौधरी चयन भएका छन् । बिहीबार सम्पन्न सो पार्टीको अधिवेशनले सर्वसम्मत रुपमा उनको अध्यक्षतामा ५५ सदस्यीय गाउँपालिका स्तरीय कमिटी गठन गरेको हो ।
कमिटीको उपाध्यक्षमा कैलाश चौधरी, लाल्टुराम चौधरी, दीपक सुनार, सचिवमा लक्ष्मी सत्गौवा, सहसचिवमा लालबहादुर ठकुल्ला, कोषाध्यक्षमा भागरती चौधरी चयन भएका छन् । कमिटीको सदस्यमा रत्नादेवी चौधरी, बालकृष्ण डङ्गौरा थारु, रामकुमार चौधरी, सन्तुराम चौधरी, फूलकुमारी चौधरी, भूमिदेवी चौधरी, पतिराम चौधरी, तुलसी चौधरी, रमेश चौधरी, जंगबहादुर चौधरी, दुखिराम कठरिया, हरिप्रसाद चौधरी, किशनलाल चौधरी, गर्भ डङ्गौरा, लतादेवी चौधरी लगायत चयन भएका छन् ।
सो गाउँपालिकामा मङ्सिर ११ गते नै माओवादी केन्द्रको सम्मेलनको उद्घाटन गरिएको थियो । तर, पदाधिकारी चयनमा सहमति जुट्न नसक्दा नयाँ कमिटी गठनमा ढिलाइ भएको थियो । अधिवेशनको अवसरमा नेकपा माओवादी केन्द्रका प्रदेश सदस्य एवम् कैलारी गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरी, प्रदेश प्रतिनिधि सदस्य सुरेन्द्र चौधरी, कमल चौधरी, जिल्ला समन्वय समिति सदस्य परशु चौधरी मिसन, बसन्त चौधरी, उर्मिला चौधरी, सरु थारु लगायतको उपस्थिति रहेको निर्वाचन अधिकृत अनत चौधरीले जानकारी दिए ।