९ जेष्ठ २०८१, बुधबार May 22, 2024

राजसमज चौधरीद्वारा थारु कोटाबाट प्रदेश सदस्य पदमा उम्मेदवारी घोषणा

१६ मंसिर २०७८, बिहीबार
राजसमज चौधरीद्वारा थारु कोटाबाट प्रदेश सदस्य पदमा उम्मेदवारी घोषणा

धनगढी । कैलाकीको कैलारी गाउँपालिका वार्ड नम्बर ४ का स्थानीय एवम् नेपाली काङ्ग्रेसको १४ औँ महाधिवेशन प्रतिनिधि राजसमज चौधरीले थारु कोटाबाट प्रदेश सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन् ।
बिहीबार धनगढी स्थित सिताराम डेरीमा पत्रकार सम्मेलन गर्दै चौधरीले उम्मेदवारी घोषणा गरेका हुन् । कैलाली निर्वाचन क्षेत्र न ३ बाट महाधिवेशन प्रतिनिधिमा लोकप्रिय मतका साथ निर्वाचित भएका चौधरीले नेपाली काङ्ग्रेसको लामो राजनीतिक इतिहासमा आफ्नो मात्र नभई सिङ्गो परिवारको महत्त्वपूर्ण योगदान रहेको स्मरण गर्दै आफूलाई जिताउन आग्रह गरेका छन् ।
नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत आज बिहीबार धनगढी स्थित ओम प्यालेस मा प्रदेश अधिवेशन भइरहेको छ । उनी कैलाली बहुमुखी क्याम्पसका निर्वाचित पूर्व स्ववियु उप–सभापति हुन् ।