२५ मंसिर २०८२, बिहीबार December 11, 2025

जानकी गाउँपालिकाको प्रशासनिक भवनको शिलान्यास

२१ कार्तिक २०८२, शुक्रबार
जानकी गाउँपालिकाको प्रशासनिक भवनको शिलान्यास

टीकापुर,२१ कात्तिक । कैलालीको जानकी गाउँपालिकाको प्रशासकीय भवन बन्ने भएको छ । भवन निर्माणका लागि बिहीबार गाउँपालिका अध्यक्ष गणेश चौधरी र उपाध्यक्ष लालमति देवी कठरियाले संयुक्त रुपमा शिलान्यास गरेका हुन् ।
भवन जानकी गाउँपालिका–१, दुर्गौलीमा निर्माण हुने बताएको छ । भवन निर्माणको ठेक्का त्रिवेणी लाफा शुभलक्ष्मी जेभी काठमाडौँले पाएको छ । निर्माण कम्पनीका इन्जिनियर मनिषकुमार साहुले १२ करोड ८० लाख रुपियाँमा ठेक्का सम्झौता भएर काम सुरु गरिएको जानकारी दिए ।
पालिकाको प्रशासकीय भवन अपाङ्गतामैत्री, लिफ्टसहितको ५१ कोठाको हुने छ । भवनको निर्माण दुई वर्षभित्र सम्पन्न गरिने छ । गाउँपालिकाको प्रशासनिक भवन निर्माणका लागि उद्योगी समाजसेवी कर्णप्रताप राणाले २०७६ सालमा एक बिघा १२ कट्ठा १० धुर जग्गा जानकी गाउँपालिकालाई दान गरेका पालिकाका पूर्वअध्यक्ष प्रदीपकुमार चौधरीले बताए ।
जानकी गाउँपालिका भवन नहुँदा वडा नम्बर १ का लागि बनेको सानो भवनबाट सेवा दिइरहेको छ । वडाको भवन बन्नुअघि भाडाको घरमा कार्यालय थियो ।