१३ बैशाख २०८३, आईतवार April 26, 2026

हर्मित सिंह सुदूरपश्चिम रोयल्समा अनुबन्ध

१७ कार्तिक २०८२, सोमबार
हर्मित सिंह सुदूरपश्चिम रोयल्समा अनुबन्ध

काठमाडौँ, १७ कात्तिक । सुदूरपश्चिम रोयल्सले अमेरिकाका बलिङ अलराउण्डर हर्मित सिंहलाई आगामी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) का लागि तेस्रो विदेशी खेलाडीको रुपमा अनुबन्ध गरेको छ ।

यससँगै हर्मितले लगातार दोस्रो सिजन पनि सुदूरपश्चिमबाट खेल्ने पक्का भएको छ । गत सिजन उनले पाँच खेलमा आठ विकेट लिएका थिए । उनी पहिलो सिजनको एनपीएलमा सबैभन्दा कम इकोनोमीमा बलिङ गर्ने खेलाडी पनि हुन् ।
आफ्नो अनुबन्धमा खुशी व्यक्त गर्दै हर्मितले भने, ‘म नेपाल प्रिमियर लिगमा फेरि एकपटक फर्किँदै छु। गत सिजनको अधुरो कामलाई यसपटक पूरा गर्नु छ। समर्थकहरूसँग छिट्टै भेट हुनेछ।’

३२ वर्षीय हर्मित बाँयाहाते बलर हुन् । उनी बाँयाहातले ब्याटिङ पनि गर्छन् । अमेरिकाका लागि उनले २१ एकदिवसीय खेलमा ३१ विकेट लिएका छन् ।

भने ३२५ रन बनाएका छन् । उनले सन् २०१२ को यू–१९ विश्वकप विजेता भारतीय टोलीका सदस्य पनि हुनु । उनले इन्डियन प्रिमियर लिग (आईपीएल) मा राजस्थान रोयल्सका लागिसमेत खेलेका छन् ।