कैलाली । विजया दशमी, शुभ दिपावली तथा छठ पर्वको अवसरमा कैलारी गाउँपालिका वडा नम्बर ३ उत्तर भर्रीमा दिया देवारी सांस्कृतिक कार्यक्रम हुने भएको छ ।
राष्ट्रिय थारू कलाकार मञ्च सुदूरपश्चिम प्रदेशको आयोजना तथा कैलारी गाउँपालिकाको सहयोग र नेपाल सांस्कृतिक महासंघ कैलारी र योङ ब्वाइज क्लब उत्तर भर्रीको सहकार्यमा कार्यक्रम हुने भएको हो ।
भोलि कात्तिक १८ गते दिउँसो ३ बजेदेखि राति १० बजेसम्म हुने कार्यक्रमको तयारी पसरा भएको राष्ट्रिय थारू कलाकार मञ्च सुदूरपश्चिम प्रदेशका कोषाध्यक्ष तथा बरिष्ठ गायक राजु चौधरी(राज)ले बताए ।
कार्यक्रममा थारू मौलिक सांस्कृतिक झाँकीका साथै थारू महालोक गायक मनिराम करिया मघरिया, राष्ट्रिय थारू कलाकार मञ्च सुदूरपश्चिम प्रदेशका अध्यक्ष तथा अभिनेता संगत चौधरी, बरिष्ठ गायक राजु चौधरी (राज), गायिका प्रमिला चौधरी, समीक्षा चौधरी, गायक राम कुमार कठरिया, रमेश मिसन, एके चौधरी, विक्रम चौधरी, आरजु चौधरी, मोडल बीर चौधरी, मुकुन्द जिसी, समु चौधरी, रितु चौधरी लगायत कैलाली र कञ्चनपुरका थारू कलाकारहरुको बेजोड प्रस्तुती रहने जनाइएको छ ।
उत्तर भर्रीको खेल मैदानमा हुने कार्यक्रमको तयारी पुरा भएको जनाइएको छ ।