२७ आश्विन २०८१, आईतवार October 13, 2024

कैलाली उद्योग वाणिज्य संघद्वारा प्रधानमन्त्रीलाई ज्ञापन

२२ कार्तिक २०७९, मंगलवार
कैलाली उद्योग वाणिज्य संघद्वारा प्रधानमन्त्रीलाई ज्ञापन

धनगढी । कैलाली उद्योग वाणिज्य सङ्घले प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाएको छ ।
नेपालमा बैंक तथा बित्तिय संस्थाबाट निरन्तर बढीरहेको उच्च ब्याजदर, ताकेता र मानमर्दनले निजी क्षेत्र पीडित बनेको भन्दै मंगलबार प्रधानमन्त्री देउवालाई १० बुँदे ज्ञापन पत्र बुझाइएको हो ।
सो समस्याका बारेमा जानकारी गराउँदै समस्या समाधानका लागि कैलाली उद्योग वाणिज्य सङ्घका अध्यक्ष पुष्प राज कुँवरको नेतृत्वमा ज्ञापन पत्र बुझाइएको हो । ब्याजदर र निक्षेप व्याजदर बढाएर निक्षेप नबढेको र व्यापारमा एक दुई प्रतिशत मात्र थप गरि लगानी योग्य पुँजीको शिघ्र ब्यवस्थापनको माग गरिएको छ ।
बैंकहरुले सेवा शुल्क कर्जा स्वीकृत शुल्क, एलसी नेगोसिएसन शुल्कमा दोब्बर बृद्धिलाई अन्त गरि गत बर्ष भन्दा बढि लिन नपाईने माग रहेको छ । हाल भएका कर्जालाई यस आर्थिक बर्षसम्म पुनः तालिकीकरण गरि, व्याज बुझाउने म्याद ३५ दिनसम्मलाई मान्ने र लिलाम गर्ने प्रक्रियालाई हाल स्थगित गर्न ज्ञापन पत्रमा भनिएको छ । चालुपुँजी कर्जा निर्देशिका स्थगितको माग गरिएको छ । कर्जाको ब्याजदर घटाई व्यवसायीहरुलाई मानसिक तनाब दिने प्रवृति अन्त्य गर्न र किस्ता र व्याज तिर्ने समायावधी बढाउन लगायतका माग गरिएका छन् ।